एजेन्सी : कोरोना भाइरससँग लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको राहत कोषमा बलिउड अभिनेता अक्षय कुमारले २५ करोड भारु सहयोग गरे । २१ दिने लामो लकडाउनमा रहेको भारतमा कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न राहत कोषमा सकेको सहयोग गर्न अपिल गरिएको थियो।
जसमा अक्षय कुमारले बलिउडका सेलिब्रेटीमध्ये सबैभन्दा ठूलो रकम सहयोग गरेका छन् । उनले उक्त रकम सहयोग गर्ने घोषणा गरेपछि उनकी पत्नी ट्विङ्कल खन्नाले उनलाई सोधिन्, ‘के साँच्चै त्यति रकम सहयोग गर्ने हो त ?’
अक्षयले यसको जवाफ के दिए भनेर खन्नाले आफ््नो सामाजिक सञ्जाल ट्विटरमार्फत खुलासा गरेकी छिन् । खन्नाका अनुसार अक्षयले उनलाई भनेका थिए, ‘सुरुका दिनहरुमा मसँग केही थिएन । तर अहिले म जुन स्थितीमा छु भने कसरी म यो नगरी बस्न सक्छु ? म ति व्यक्तिहरुका लागि केही गर्न सक्छु जोसँग केही छैन ।’ आफ्ना पतिप्रति गर्भ महसुस गर्दै ट्विङ्कलले अक्षयले दिएको रकमप्रति खुशी व्यक्त गरेकी छिन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्