कोरोनाका कारण भारतमा चारजनाको मृत्यु, एकैदिन ५५ संक्रमित थपिए

काठमाडौँ – छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ भने २५० जनामा संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै भारतमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा उपचारपछि निको भएकाहरुको संख्या २३ रहेको छ ।