सामान लिएर फर्किएका सर्वसाधारणलाई कुट्ने सशस्त्र प्रहरी हवल्दार चौधरी निलम्बित

काठमाडौं: लकडाउनको समयमा दैनिक उपभोग्यको सामाग्री किनेर आएका दुई जना सर्वसाधारणलाई कु’टपिट गर्ने सशस्त्र प्रहरीका हबल्दारलाई निलम्बन गरिएको छ। सोमबार दुईजनालाई व्यक्तिलाई सशस्त्र प्रहरीले नि’र्ममता पूर्वक कु’टे को भिडियो सार्वजनिक भएपछि नेपाल बिओपि रामनगर सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार मनोज चौधरीलाई निलम्बन गरिएको हो।

कोरोना भाइरस (कोभिड-१९)को महामारीका कारण लकडाउन रहेको अवस्थामा खाद्य खरीद गर्ने सर्वसाधारणलाई कुटने चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। कोरोनाको महामारी रोकथाम को लागि खटिरहेका सशस्त्र प्रहरीबल सदैव देशको र देशवासीको सुरक्षाको लागि खटेकोले गलत गर्नेलाई का’रवाही गरेको सशस्त्र प्रहरी बलले जनाएको हो ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा सशस्त्र प्रहरी हबल्दारले कु’टपिट गरेका थिए । सशस्त्र प्रहरीले सिमित स्रोत साधनका बाबजुद पनि काम गर्नु परेको अवस्थामा प्रहरी हवल्दार चौधरीले गलत हर्कत गरेको ठहर गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो।