काँग्रेस नेता बिष्टद्वारा पुनर्वासमा मास्क बितरण

जिल्लाको दक्षिणी क्षेत्रको निर्वाचन क्षेत्र नम्बर १ का स्थानिय तहहरुमा कोरोना भाइरसको संक्रमणबाट जोगिन सघाउ पुगोस भन्दै काँग्रेस नेता दिवानसिंह बिष्टले पुनर्वासमा शनिबार मास्क बितरण गरेका छन् ।

नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले आफ्नै लगानीमा क्षेत्रका चारवटै स्थानीय तहका बिभिन्न वडाहरुमा मास्क बितरण अभियान सुरु गरेका हुन् ।शुक्रबार बेल्डाँडीबाट सुरु गरिएको अभियान अन्तर्गत नेता बिष्टले शनिबार पुनर्वास नगरपालिकाका १ ,२ र ३ नम्बर वडामा मास्क बितरण गरेका छन्