धादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा डेढ महिनादेखि फैलिएको दादुराबाट दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा नं ४ का आठ महिने शिशु सुशान्त चेपाङ रहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले जानकारी दिए ।
गाउँमा अधिकांश बालबालिका दादुराबाट पीडित रहेको बताइएको छ । दादुराको महामारी फैलीएपछि बेनिघाट–रोराङ गाउँपालिकाले स्वास्थ्य कार्यालय धादिङलाई महामारी नियन्त्रणका लागि आग्रह गरेको छ ।
दादुरा, रुवेलाको खोप अभियान सुरु भएकै बेला बेनिघाट–रोराङ गाउँपालिकामा पर्ने बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङलगायतका चेपाङ बस्तीमा महामारी फैलिएको हो ।
६ महिनादेखि १५ बर्ष उमेर समूहका ५० भन्दा बढी बालबालिकामा दादुरा देखिएको छ । अहिलेसम्म एक सय ५० भन्दा बढी बिरामी परेका छन !इमेज खबरबाट
तपाईको प्रतिक्रिया दिनुहोस्