कैलालीका वडा अध्यक्षको गाडी अवैध बन्दुक सहित सशस्त्र प्रहरीको नियन्त्रणमा

कञ्चनपुर :कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध हतियार सहित वडा अध्यक्षको गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोवायल टोलीले दुई थान अवैध बन्दुक सहित गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीको गाडी नियन्त्रणमा लिएको जनाएको छ।

दिनेश खबर डटकमको अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिरबहादुर साहुले दिनेश खबरलाई गाडी र बन्दुक लगायतका समाग्री नियन्त्रणमा लिएको जानकारी दिए। प्रारम्भीक जानकारी अनुसार हातहतियार सहित नियन्त्रणमा लिएको गाडी गोदावरी १० कै अध्यक्ष शाहीको भएको बुझिएको उनले बताए। विस्तृत विवरण आउदै…