कोरोना भाइरसको कारण भारतमा मंगलबार एकै दिन ३१ को ज्यान गयो

नयाँ दिल्ली, २५ चैत । भारतमा को’रोना भाइरसको संक्रमण तीव्र गतिमा बिस्तार भएको छ ।मंगलबार एकै दिन नोवेल को’रोना भाइरसका कारण भारतमा ३१ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।योसँगै मृ’त्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । यस्तै सोमबार थप ७ सय ४ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ ।योसँगै कुल संक्रमितको संख्या चार हजार २ सय १ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३ सय १ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् ।

भारतमा अहिलेसम्म १ लाख १ हजार भन्दा बढीको परीक्षण सम्पन्न भएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ ।सोमबार महाराष्ट्रमा को’रोना भाइरसका १ सय २० नयाँ संक्रमित पुष्टि भएका हुन् । राज्यमा कुल संक्रमितको संख्या ८ सय ६८ पुगेको छ ।यस्तै सोमबार महाराष्ट्रमा सात जनाको मृ’त्यु भएसँगै राज्यमा कोभिड–१९ बाट मृ’त्यु हुनेको संख्या ५२ पुगेको छ ।यस्तै राजधानी दिल्लीमा को’रोना भाइरस संक्रमितको संख्या ५ सय २५ पुगेको छ र अहिलेसम्म सातजनाको मृ’त्यु भएको छ ।