कतारमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुग्यो !

२५ चैत्र २०७६, मंगलवार दोहा , कतारमा आज नयाँ २२५ जना को’भीड-१९ (को’रोना भाइरस) संक्रमित भेटिएका छन् भने थप दुई जनाको मृ’त्यु भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २०५७ पुगेको छ । पुराना रो’ग बाट ग्र’सित ५९ र ७४ वर्षीय नागरिकको आज भाइरसका कारण मृ’त्‍यु भएको हो ।हालसम्म १५० जना निको भएर घर फर्किएका छन् भने कुल ४१८१८ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ६ जनाको मृ’त्यु भएको छ ।नयाँ केहि संक्रमित विभिन्न देशबाट आएकाहरु हुन् भने बाँकि पुरानो बि’रामी बाट संक्रमण भएका स्थानिय र आप्रवासी नागरिक रहेका छन् ।सरकारले ल्या’ब केन्द्र बढाएर परिक्षण ति’ब्र गरेपछि केहि दिन यता देखि संक्रमितको संख्या उच्च देखिएको हो । यो संख्या अबको केहि दिनमा घ’ट्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उता अमेरिकाको न्युयोर्क राज्यमा मात्र पछिल्लो २४ घण्टामा को’रोनाको कारण ७३१ जनाको मृ’त्यु भएको छ ।मंगलबार न्युयोर्कका गभर्नर ए’न्ड्रयु कुओमोले राज्यमा यो भाइरसको कारण मृ’त्यु हुनेको संख्या पाँच हजार ४८९ पुगेको जानकारी दिएका हुन् ।सीएनएनका अनुसार सोमबार मृ’त्यु हुनेको संख्या चार हजार ७५८ थियो । उनका अनुसार पछिल्लो २४ घण्टामा भाइरसको कारण एकैदिनमा सबैभन्दा धेरैको मृ’त्यु भएको हो ।न्युयोर्क राज्यमा अहिले स’मग्र संक्रमितको संख्या पनि एक लाख ३८ हजार ८३६ पुगेको छ । न्युयोर्क अमेरिकामा को’रोना भाइरसको कारण सबैभन्दा प्र’भावित राज्य हो ।को’रोना भाइरस नियन्त्रणका लागि न्युयोर्कको सरकारले मानिसहरुलाई सामाजिक दु’री कायम गर्न र घरमा नै बस्न आ’ग्रह गरेको छ ।