नेपालका एकमात्र अर्बपति बिनोद चौधरी विश्वका धनीको १५१३ औं नम्बरमा

काठमाडौं । विश्वका सर्वाधिक धनीको सूची हिजो सार्वजनिक भएको थियो । सन् २०२० को सर्वाधिक धनीको सूचीमा नेपालका बिनोद चौधरी फेरि परेका छन् । उनी फोर्बसले हरेक वर्ष सार्वजनिक गर्दै आएको अर्बपतिको सूचीमा पर्ने एकमात्र नेपाली हुन् ।बिनोद चौधरी १५१३ नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति एक अर्ब ४० करोड डलर रहेको फोर्बसले जनाएको छ ।चौधरीले विभिन्न क्षेत्रमा काम गर्दै आएको उल्लेख छ ।

उनको विश्वका विभिन्न देशमा होटलका अलावा चाउचाउलगायतका उत्पादनहरु रहेको छ । चौधरी ग्रुप नेपालभित्र मात्र नभई दक्षिण एशिया र त्योभन्दा बाहिर पनि लोकप्रीय ब्रान्ड हो ।चौधरीले देशभित्र र बाहिर हजारौंलाई रोजगार दिएका छन् । उनी राजनीतिमा पनि सक्रिय छन् । ६४ वर्षीय उनलाई आर्थिक मामलामा कला र बुद्धि दुवै भएको मानिन्छ ।