कोरोना नियन्त्रणको अभियानमा बेलौरीलाई सहयोगी हात थपिदै

बेलौरी , चैत २५,कोभिड -१९ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा योजनाबद्ध रुपले सकृयता देखाएको बेलौरी नगरपालिकालाई महामारी रोकथामका लागि सहयोगीदाताहरु बढ्दै गएका छन् ।जिल्लाको दक्षिणी सीमा संग जोडिएको बेलौरी क्षेत्रलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित बनाउन सर्वपक्षीय हातेमालो गर्दै योजनाबद्ध रुपमा लागेकाले सहयोगीहरु थपिदै गएको बेलौरी नगरपालिकाले जनाएको छ ।कोरोना भाइरस नियन्त्रणमा सकृयता देखाएको नगरपालिका प्रयासलाई सफल पार्न स्थानीय स्तर देखिनै आर्थिक र स्वास्थ्य सामाग्रीको साहायता गर्ने मनकारीहरुको लाम लाग्न थालेको बेलौरी नगरपालिकाका प्रवक्ता बिनोद नेपालीले बताए ।

बुधबार बेलौरी स्थित रामनगर सामुदायिक वन उपभोक्ता समूहले नगरपालिकाको विपद ब्यबस्थापन कोषमा १ लाखको चेक हस्तान्तरण गरेको छ । अमृत डिष्टिलरीका संचालक तथा कञ्चनपुर उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले १ हजार ५ सय मास्क हस्तान्तरण गरेका छन् । यसै गरि अमर स्मृति सामुदायिक वन उपभोक्ता समुहले १५ हजार उपलब्ध गराएको प्रवक्ता नेपालीले बताए ।यसरीनै नगरपालिकालाई कंचन बिकास बैक बेलौरी शाखाले ३ हजार ५ सय र बेलौरी उद्योग बाणिज्य संघले १५ हजार आर्थिक साहायता गरेको प्रवक्ता नेपालीले बताए ।नगर क्षेत्र भित्र कोरोना भाइरस नियन्त्रणका लागि सीमा नाका र लकडाउनलाई थप कडाइ गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्र भित्र विभिन्न स्थानमा क्वारेन्टाइन संचालन गरि भारत लगायत अन्य मुलुकबाट आएका ब्यक्तिहरुलाई राखेर भाइरस नियन्त्रण प्रयास गरिएको नगरपालिकाले जनाएको छ ।