२०६१ चैत २८ रुकुम खाराको त्यो लडाइँ

जब हामी रुकुम खारा मोर्चाको लागि नुवाकोट जिल्लाको तत्कालीन जनयुद्धको आधा इलाका साल्मे गाबिस बाट अन्तिम सेल्टर लिगेर त्यहाँका न्यायप्रेमी जनसमुदायको सहिद परिवारहरुको हात बाट बिदाइको टीका लगाएर हामी र हाम्रो बटालियन धादिङ तर्फ अगाडि बढयौं धादिङको क्रान्तिकारी जनता सहिद परिवार हरुको स्वागत र बिदाइले हामीलाई झनै उर्जा मिलेको थियो जनताको एक मात्रै चाहाना थियो यो अन्तिम युद्ध हो जसरी पनि जितेर फर्कनु हामीलाई यहि आशिर्वाद थियो। धादिङको दार्खा फुलखर्क बसेरी मुलपानी हुँदै हामी गोर्खा लाग्यौं त्यहा पनि जनताले यहि आशिर्वाद दियो कि यो अन्तिम लडाइँ हो तपाईं हरुलाई हार्ने छु र भाग्ने छुट छैन, हामीलाई जनताको त्यो उमंगले झनै जितको लागि उर्जा थपिएको थियो जब हाम्रो बटालियन गोर्खाको घ्यालचोल पुग्यौं तब हाम्रो बेर्गेडको सबै फर्मेसनहरु केन्द्रित भयो १० नं बटालियन पनि संगै भयौं र हामी लगभग फुल बिर्गेट ९०० जना जतिको फर्मेसनलाई गोर्खालि जनताले बिजयको आशिर्वाद दिएर बिदाइ गरायो हामी गोर्खा बाट चितवन चरौदी हुँदै लाग्यौं चितवनको आधार इलाकामा केही दिनको बसाइ पछि हामी तनहुँ जिल्ला लाग्यौं तनहुँमा पनि त्यस्तै भयो जहाँ जनताको भब्य स्वागत त बिदाइ हामी जहाँ जान्छौ हामीलाई जनताको एउटै मात्रै आशिर्वाद हुन्थ्यो यो अन्तिम लडाइँ हो तपाई हरुलाई हार्ने छुट छैन, जनताको यो सब्दले हामीलाई अत्यन्तै मर्माहत बनाउथ्यो, हामी जनताको लागि बलिदान गर्न जनताको मुक्तिको लागि जनयुद्धको मैदानमा होमिएको जनमुक्ति सेनालाई हार्ने छुट कहा थियो र? हामीलाई पुर्णतः बिश्वास थियो हामी जेतिर फर्कने छौं ।

पुर्व जनमुक्ति सेना (दिप किरण क्षेत्री )

हाम्रो यात्रा निरन्तर अघि बढ्दै थियो तनहुँ बाट काली गण्डकी तर्दै नवलपरासीको डेढ गाउँ पुग्यौं त्यो दिन बेलुकाको करिब ७ बजिरहेको जानकारी घडीले संकेत गर्दै थियो र हामी धेरै थाकेको थियौं लडाइँको त्यो यात्रा नथाक्ने त कुरै भएन हामी पनि मान्छेनै हौं जब कमाण्डरको आदेश आयो हामी त्यो रात त्यही गाउँमा बस्ने छौं र भोलि बिहानै मिरमिरेमै अगाडि जानेछौं, त्यो रात त्यही बस्यौं हामीले खाना नास्ता र हरेक बन्दोबस्तको समान आफैले बोकेका थियौं र कम्पनी र पलाटुनहरुले आफ्नै अनुकुलतामा मेष संचालन गर्दै खाना खाएर सुरक्षाको विशेष ध्यान राख्दै हरेक नाकामा सेन्टि डिउटी रखेर आराम गरेयौं हामी दुस्मनको धेरै नजिक थियौं हामी बिचमा कतै लडाइँ गर्ने पक्षमा थिएनौं किनकि हामी धेरै ठूलो मिसनको यात्रामा थियौं तर बिचमा कतै दुस्मनले घेराबन्दी गरेमा हामी लड्नत परिनै हाल्थ्यो भोलि पल्ट बिहानको खाना पनि त्यही खाएर जाने भन्ने खबर आयो र हामी खानाको तयारीमा लाग्यौं लगभग १० बजेनै खाना खाएर हामी लाग्यौं जब हातले हाम्रो यात्रा अगाडि बढ्यो त्यसको केही मिनेटमै हाम्रो कम्पनी तत्कालीन १२ नं बटालियन अन्तरगत २ नं अर्थात B कम्पनीलाई तत्कालीन शाही नेपाली सेनाको हवाइ गस्तिले हामी माथी अन्धाधुन्ध बमवर्षक गर्यो हामीले हाम्रो पोजिसन आफ्नै तरिकाले क्यामफलाइज गर्यौं, हामीले सामान्य नै मानेर हामी बाट त्यसको विरुद्ध कुनै पनि हतियारले फाइरिङ गरेनौं किनकि त्यहाँ फायर खोलेर कुनै अर्थ पनि थिएन तर अन्त्यमा हामीले पनि LMG बाट केही राउन्ड फायर गर्यौं हाम्रो फायर बाट केही मिनेट पनि टिक्न नसके पछि दुस्मन आफ्नै गन्तव्य तिर उड्यो भने हामी कोहि पनि हताहत भयनौं र सबै टिम केन्द्रित भएर आफ्नो गन्तव्यको यात्रामा अगि गढिनै रहयौं त्यहाँबाट हामी पाल्पा गयौं जहाँ तत्कालीन माओवादीको जनपरिसद प्रमुख लाल धोज अर्थात बाबुराम भट्टराईलाई प्रचण्डको स्वार्थमा बैचारिक मतभिन्नता कै कारण जबर्जस्त कार्वाही गरेको थियो संगै हिसिला यमि लाई पनि , हामी त्यही ठाउँमा पुगेर सेल्टर लिग्यौं जहाँ माओवादीको केन्द्रीय नेताहरु प्राय सबै नै थियो र हाम्रो बिर्गेडको कमाण्ड क. यम बहादुर अधिकारी प्रतीक्षा, तत्कालीन ९ नं बिर्गेडको कमान्डर गणेश पुन रश्मि, तत्कालीन पश्चिम् कमान्ड इन्चार्ज स्वं पोस्ट ब. बोगटी कान्छा बहादुर तमु देब गुरुङ बादल लगायत अन्य नेता र कमान्डरहरु पनि ।

त्यहा पुगिसके पछि हामीलाई जनताले दिएको बिजयको शुभकामना त थिदै थियो तर पार्टीमा देखिएको आन्तरिक दोन्दले गर्दा सयौं जनमुक्ति सेनाहरुमा निराश पनि, हामी हरेक सेनामा एउटै प्रस्नले सतायो कि हामी निस्वार्थ देश र जनताको लागि जनयुद्धला लागेको मानिसहरूमा यति धेरै स्वार्थ र गुटबन्दी किन भन्ने प्रसनले सताइरहेको थियो, हामी लडाइँ कस्को लागि र किन लड्ने भन्ने धेरै प्रस्नहरुको उत्तर हामीमा पनि थिएन, तर पनि हामी देस र जनताको लागि बलिदान गर्ने कसम जनताको अगाडि खाएको मान्छेले हरेस खान हुन्न भन्ने अठोट पनि थियो हामीले नेतालाई होइन सहिद घाइते सहिद परिवार र न्यायको प्रखाईमा रहेको जनताको पक्षमा अन्तिम लडाइँ लड्नै पर्छ भनेर हामी तत्कालीन जनमुक्ति सेनाको सिपाही हरुले बाचा गर्यौं र त्यहाँ जनताको आशिर्वाद थाप्दै नेताहरुको स्वार्थको घमण्डलाई त्यही छोडेर हामीलाई जनताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लम्किरह्यौं जब हामीले त्यहा नेताहरुलाइ चुनौती दियौं तपाईंहरु स्वार्थको लागि पार्टीमा कुस्ती खेल्ने हो भने बन्दुक हामी संग छ दुस्मनको विरुद्ध चल्ने गोलि भोलि नेताको विरुद्ध चलाउन नपरोस् भनेर हामी आफ्नै यात्रामा लाग्यौं पाल्पा हुँदै अर्घाखाँची जिल्ला पुग्यौं दिन रातको त्यो कठिन यात्रा भोको पेट गंगलको बास कहिले पानीको अभाव त कहिले खानाको अभाव तर पनि हामीले कहिलै हरेस खायनौं किनकि हामीलाई जनताको आशीर्वाद थियो र हामी माथी जनताको बिश्वास र भरोसा हामीले भोकै प्यासै भए पनि लड्नै पर्थ्यो र जसरी पनि जित्नै पर्ने थियो त्यो अन्तिम लडाइँ । लामो यात्रा हिडदा कयौं साथीहरू थकाइले बिरामी हुन्थ्यो कयौं रात हामीले सातु र चिउरीको भरमा रात बितायौं तर हामी कहिलै निरास भयनौं हामिमा बिचारको एकरुपता थियो जुन नेतामा थिएन हामी जनताको लागि लडेका थियौ भने तत्कालीन नेता आफ्नो लागि हामिलाई प्रयोग गरेको रहेछ, हामीले मात्रै जनताको भबिस्य हेरेको थियौं र हामी अर्घाखाँचीको जंगल जंगल हिडेर सन्दिखर्कको नजिक बाट गुल्मी अर्घाखाँची हुँदै जनयुद्धको आधार इलाका रोल्पा पुग्यौं रोल्पा पुग्ने क्रममा हामीलाई कयौं ठाउँमा दुस्मनले घेराबन्दी गर्यो लड्दै भिडदै कयौं अवरोध पार गर्न पर्यो जब हामी रोप्ला पुग्यौं रोल्पाली जनताको त्यो भब्य स्वागतले हामीलाई जनयुद्ध जितिसकेको अनुभुती हुन्थ्यो, रोल्पा भन्ने बित्तिकै आफैमा नेपालको सामन्ती तानाशाह हरुको मुटुमा १० रेक्टरको भुकम्पनै जान्थ्यो अनि त्यस्तो जिल्लाको जनताले स्वागत गर्दा हामीमा खुसिको कुनै सिमा हुने कुरै भएन, रोल्पा हिजो पनि रोल्पा हो आज पनि र भोलि पनि रोल्पली जनताको रगतमा होलि खेलेर सत्तामा पुगेर रोल्पाली जनतालाई धोका दिनेहरु संग रोल्पाले अन्तिम बदला लिनेनै छ, र हामी रोल्पाको स्वागतलाई स्विकार्दै आशीर्वाद थाप्दै जनयुद्धको केन्द्र थवाङ तिर लाग्यौं, जब रोल्पमा हामीले हरेक घरको छानोमा हसिया हथौड़ाको झण्डा र कम्युनिस्ट नेताहरुको ठुला ठुला तस्बिर देख्दा हामीलाई गर्वले छाती फुल्थ्यो, बाबुराम प्रचण्ड हरुले त्यो जनताको सपनाहरू आज जिउँदै मारिएको छ।

त्यसपछि हामी रोल्पाको विभिन्न जनयुद्धको चर्चित ठाउँ अवलोकन गर्दै जनता संग खुसी साँट्दै हामी खारा मोर्चाको अन्तिम सेल्टर तिर लाग्यौ हामी जनमुक्ति सेना हरु लडाइँको अन्तिम तयारीमा थियौं जनता पनि संगै तयारीमा लागेको थियो, पार्टी केन्द्रको निर्देशन जिल्ला पार्टीको संयुक्त उपस्थितमा जनमुक्ति सेनाको लागि चाहिने सम्पुर्ण खाना पानी को सम्पुर्ण प्याकिङ बन्दोबस्त रोल्पाली जनताले नै गरेका थिए हामीलाई रोल्पाले कुनै पनि कुराको कमि हुन दिएको थिएन जहाँ सेनाको लागि चाहिने खाजा नास्ता र माछामासु र माया ममता । जब हामीलाई खारा मोर्चाको लागि म्याप भूगोलको ब्रीफिङ भयो तब हामी जनता संग बिदाइको हात हल्लाउँदै जितेर आउने बाचा गर्दै खारा तर्फ लाग्यौं हजारौं जनताको मुहारमा छुट्टै खुसी र उमंग थियो । खारा लडाइँको लागि हाम्रो फाइरिङ आर्क ब्यारेकको ३ नं गेट तिर थियो भने लिस्ने गाम फस्ट बिर्गेटको १नं गेटमा परेको थियो र पश्चिम् डिभिजन क. प्रभाकरको डिभिजनको २ नं गेट बाट अघि बढ्ने भन्ने थियो, हामी हरु भूगोलको अनबिज्ञताको कारण हामीलाई थोरै कठिनाइ आयो तर पनि हामीले कठिनाइको कुनै प्रवाह नगरी पार्टीले दिएको जिम्मेवारी र जनताको सपना पूरा गर्ने अधि बढ्दै गयौं , एक नम्बर गेटमा परेको फस्ट बिर्गेड्को टिम संग दुस्मनको गस्ती टोलि संग मुडभेट भयो जनमुक्ति सेना देख्ने बित्तिकै दुस्मन बेपत्ताले कुदेर ब्यारेक फर्कियो तर फायर हाम्रो बाट खोलेन किनकि पोजिसन खुल्न सक्ने सम्भावना भएर बिस्तारै बिस्तारै पोजिसन त खुल्यो नै ब्यारेक बाहिर भेटेको दुस्मनलाई सकुशल छोड्नु नै फस्ट बिर्गेडको ठुलो कमजोरी भयो ८१ MM मोटार बाट फायर खुल्यो, जब बेलुकाको पौने ६ बजे बटै औपचारिक फाइरिङ सुरु भयो तब लडाइँ घमासान भयो, हामीलाई ब्रीफिङ गराइएको भन्दा नितान्त फरक रहेछ ब्यारेक दुस्मनको फोटिफेकेसन पनि अत्यन्तै मजबुत रहेछ सबै घरहरु अन्डग्राउड रहेछ हामीले भीषण फायर गर्दा पनि खासै प्रभाव परेको देखिएन

दुस्मनलाई हामीले फायर खोलेको धेरै समय पछि मात्रै प्रभाकरको टिम आफ्नो आर्कमा आइपुग्यो, कोअडिनेसनको अभाव पार्टी भित्रको दुइलान संघर्ष र प्रचण्डको गद्दारी पनले गर्दा खारा मोर्चा हारन जितको अवस्था बाट २२ घन्टा लडाइँ लडेर पनि उपलब्धि बिहिन फर्कनु पर्यो लगभग १०० को हाराहारीमा जनमुक्ति सेनाको निस्वार्थ बलिदान कयौ घाइते, हुदाहुदै पनि हामीमा कुनै बिचलन आएको थिएन, २२ घन्टा लडेर फर्कन बाध्य भयौं रातभर दुस्मनको नाइट भिजनले हानेको बमको भमकाले कन बन्द जस्तै भएका थियो घाइते साथीहरू बोकेर गन्तव्य तर्फ लाग्यौं फर्कने क्रममा पुनः रोल्पाको राङ कोट र कोट गाउँमा भएको भीषण भिडन्तमा तत्कालीन बासु स्मृति बिर्गेडको सायक कमान्डर क. वसन्त र हाम्रो कम्पनी कमान्डर क. दिलिपको सहादतले हामीलाई निरास र आक्र्मक बनायो केहि दुस्मनको सफाया गर्दै केही थान हतियार m१६, गलिल र SLR हरु कब्जा गरेर फर्केयौं आज त्यसैको जगमा टेकेर प्रचण्ड सत्ताको स्वादमा रमाउदै केपिको पाउ मोल्न पुगेको छ, इतिहास साछी छ जनमुक्ति सेनाको नलिदानको ब्याज खाएर भाग्ने भगौडाहरुलाई जनताले जनअदालतको कठघरामा ल्याएरै छोड्ने छ रोल्पाको बलिदान भुलेर सत्तामा फस्नेहरुलाई रोल्पाली जनताले रोल्पा लगेर फाँसिमा झुन्डियाउनेछ।

पुर्व जनमुक्ति सेना (दिप किरण क्षेत्री )