एक्सनमा नआएको त्यो गिद्ध।।

राजन अधिकारी/सन:१९९३. को यो फोटो सुडान माहामारी का बेला साउथ् अफ्रिकन फोटो जर्नालिस्ट केभिन कार्टर ले लिएका थिए| यो फोटो ले विश्व हल्लायो | कार्टर लाइ पत्रकारिता जगत को नयाँ उचाई मा पुर्यायो | १९९४ मा यस फोटो ले picture of the year र pulitzer award(पत्रकारिता जगत को उच्च पुरस्कार) जित्यो |

फोटो मा देख्न सकिन्छा एउटा गिद्द भोक ले छटपटाइरहेकि एउटी बच्ची कि मृत्यु को पर्खाइ मा छ | त्यो समाचार का अनुसार बच्ची को बाबा त्यहाँ भन्दा अलकति पर रहेको UNO फुड सेन्टर मा राहत खान लिन गएका थिय | यो फोटो पहिला अमेरिकीन्युज न्युओर्क टाइम्स मा प्रकाशित भएर विश्व विख्यात भएकै नाता ले सबै ले न्युओर्क टाईम्सलाइ सोध्ने गर्थे | आखिर ति बच्ची को त्यस पछी भयो के त् ?

new-work times को एउटा जवाब हुन्थ्यो सबै लाई | केहीबेर पछी ति बच्ची आफैँ उठेर गइन |

पछी केभिन आफैँ ले एउटा इन्टरभ्यु मा भने मैले २० मिनेट सम्म लगाएर त्यो गिद्द लाइ भगाए|

सायद त्यो पनि सत्य थिएन होला | सफलता को नयाँ शिखर र हर्सो उल्लास मनाइ रहेकका कार्टर लाइ एक दिन एउटा फोन आयो र भन्यो ‘ थाह छ तिमीलाई ? मा त्यहाँ भाको भए आज ‘म’ तिमि भन्दा ठुलो र विशेष चर्चा को पात्र हुनेथिए |

कार्टर – कसरि?

(तिनी)- तिमीले एउटा मात्रै गिद्द को फोटो लियौ त्यहाँ तर वास्तब मा त्यहाँ २ वटा गिद्द थिए | एउटा गिद्द ले हात मा क्यामरा लिएर अर्को गिद्द को फोटो खिच्दै थियो, त्यस पछी कार्टर ले गालि गरे र फोन राखे|

केहि दिन पछी पिटसबर्ग टाइम्स ले समाचार निकाल्यो -‘ ANOTHER VULTURE WITH CAMERA LENS ON THE SCENE ‘

त्यो आलोचना ले उनलाई यति विछिप्त बनायो कि केहि महिना मै उनले ३३ बर्स कै उमेर मा आत्महत्या गरे|

( यथार्थ मा कार्टर त्यो फोटो लिएर आफ्नो ढिला भइरहेको जाहज चढन दौडीएका थिए |)

अब कुरा गरौ आज को यथार्थ को|

मैले यहाँ कुरागर्न खोजेको कार्टर को हैन| कुरा गिद्ध को त्यो NATURE को हो….. |

खैर त्यो त् गिद्ध को NATURE थियो किनकि कि गिद्ध जिउदो प्रति कुनै ACTION लिदैन |

संयोग बस आज हाम्रो समाज मा पनि त्यो गिद्ध को प्रतिबिम्ब देख्न पाइदैछ जो नमरुन्जेल सम्म कुनै एक्शन लिदैन| खासगरि त् साहु ,माकिल, माहाजन हरु… आफ्ना श्रमिक मजदुर र निम्न बर्गीय माथि | यिनीहरु पनि तब मात्रै एक्शन मा आउछन… मृत्यु पस्चात |

एउटा सानो रकम छ्यातिपुर्ती दिन्छन, पत्रिका मा रकम खर्चेर समवेदना , किरिया पुत्री लाइ आश्वासन र घ्यु, बात् खत्तम ..|..

अनि दाता कहलाउछन् र गर्ब्वान्तित पनि हुन्छन|

यो माहामारी र लक् डाउन का बेला मा सबै आम्दानि का श्रोत र साधन हरु बन्द छन् महिनौ दिनको यो अवधि मा धेरै मानिस हरु अलपत्र परेका छन हिँडेर सोलुदेखि कैलाली वा काठमाडौँदेखि सुनसरी, वीरगन्जसम्म पुगिरहेका छन् । यसबेला खासगरी दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू सबभन्दा बढी मारमा परेका छन् । सरकारले जुन ठेकेदार, कम्पनी वा उद्योगले काममा लगाएको हो, आफ्ना मजदुरलाई तिमीहरूले नै गन्तव्यसम्म पुर्‍याइदेऊ वा जहाँ छन् त्यहीँ खाने बस्‍ने व्यवस्था गरिदेऊ भनेर समयमै निर्देशन दिन सकेन । फलत: ठेकेदार र कम्पनीहरू फरार भए बाकि रहेका पनि आफ्नो मानवधर्म बिर्सिएर कठोर बने एक्शन मा आउन सकेनन यिनी हरु लाइ आफ्नै भित्र को गिद्ध ले झिन्झोडो । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू बिचल्लीमा परे । त्यसैले सरकारका जुन–जुन तहहरूले राहत वितरण गरिरहेका छन्, अपवादबाहेक अधिकाशंले लक्षित तप्का पहिचान गर्नै सकेका छैनन् । अनेक कष्ट झेलेर आफ्नो जन्मथलो फर्किरहेका दीनहीनहरू यिनै टहरामा बस्ने, खान नपाएर बिचल्ली हुनेहरूहुन् कति त् बाटा मै मरेका खबर हरु छरपस्ट छन् । यस्ता धेरै घटना हरु नेपाल भारत नाका र देश भित्रै थुप्रै छन् टाढा खोज्न जानै पर्दैन, राहत नपाएको भोको पेट र पावारिक दुरी को पिडा सहदै ३ दिन लगाएर माहाकाली नदि तर्दै घर फर्कने लाइ सोध्धा थाह हुन्छ |

मानवीय संवेदनामा त हामी कतिसम्म चुक्यौँ भने मान्छेहरू अलपत्र परेका र खाने सामग्री नभएर भोकभोकै रहेका यस्तो बेला मान्छे भएबापत पाउने मानवीय सुविधा दिने करुणा हुनुपर्ने हो । तर यस्तो बेला पनि कतिपय जनप्रतिनिधि, सरकारी तहहरूले नागरिकता, मतदाता नामावली खोज्न थाले । योभन्दा ठूलो राजनीति र अमानवीयता के होला ? नागरिकता, मतदाता परिचयपत्र खोजेर अमानवीय व्यवहार देखाउनेहरूमाथि कारबाही गर्न सरकार चुक्दै छ । ती जुनसुकै पार्टीका हुन्, जो कोही हुन्, सरकारले कारबाही गर्ने हिम्मत गर्नुपर्छ । त्यस्ताहरूलाई कारबाही गरेपछि मात्र त्यसो गर्नु गम्भीर मानवीय अपराध रहेछ भनेर धेरैले सवक सिक्न पाउने छन् ।

हामि एक्सन लिन मृत्यु पर्खिने गिद्ध पनि हैनौ र आत्मालोचना गर्ने कार्टर पनि नबनौ |