गोकुल बाँस्कोटाले नसकेपछि सर्वेन्द्र खनाल लगाएर मलाई काठमाडौं ल्याइयो- डा. सुरेन्द्र यादव

काठमाडौँ, १२ वैशाख। पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा.सुरेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित दलमा विभाजन ल्याउन र आफुलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने योजना धेरै अगाडी देखि बनाएको खुल्न आएको बताएका छन् । पार्टी विभाजनका लागि आफु लगायत अरु केहि नेताहरुलाई सके प्रभावमा पार्ने र नसके दवावमा पारेर भएपनि पार्टी टुक्राउन लगाउने खेलको जिम्मा गोकुल बास्कोटालाई दिएको तर, नसकेपछि अरु व्यक्ति खटाएको बताए ।नेपाली रेडियो नेटवर्कको नेपाली ऋषि धमलासँग कुरागर्दै यादवले बोस्कोटा असफल भएपछि महेश बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खानाललाई खटाएर आफुलाई काठमाडौँ ल्याएको खुलासा गरे । जनकपुरबाट बर्दिवास आएपछि आफुले केहि कुरा जानकारी पाएको र बाटोमा पनि प्रधानमन्त्री ओलीले पटक पटक फोन गरेको दावी गरे । काठमाडौँ आएपछि उनिहरुलाई छक्काएर बाबुराम भट्टराईको गाडीमा भागेर निस्किएको यादवको भनाई छ ।

यादवको भनाई जस्ताको त्यस्तै सारमाःम यो प्रकरणलाई के नाम दिएर भनौँ यो शैली अपहरण प्रकारको हो कि हैन । अलि अलि हल्ला त पहिले पनि चलेको थियो कि प्रधानमन्त्रीले हाम्रो पार्टीका केहि नेताहरुलाई प्रभावमा पार्न खोजिरहनुभएको छ । सुरुमा पूर्वआइजीपी सर्वेन्द्र खनालले प्रधानमन्त्री कार्यलयबाट फोन आएको थियो । प्रधामन्त्रीले भेट्न चाहनुभएको छ भन्नुभयो । भोली पल्ट फेरी १० बजेतिर खनालले फोन गर्नुभयो । मैले म लकडाउन खुलेपछि काठमाडौँ आउँछु अनि कुरा गरौला भने ।तर, उहाँले काम परेर हामी यतै आएका छौँ । म घरमै आउँछु, तपाई घरमै बस्नुस भन्नुभयो । मलाई संका भयो र मसंग भएका दुइवटा मोवाइलका सीम निकालेर श्रीमतीको ज्वाइको भाइको नामको मोबाइलको सीम राखेर कुरा गरे । सीम परिवर्तन गरेर फेरी पोन गरे ।

मलाई उहाँहरु बोडरमा आउनुभएको होला भने लागेको थियो ।खनालसंगै महेश बस्नेत र किसान श्रेष्ठ आउनुभयो । भरमा आएपछि काम गइहालौ भन्नेभयो । खान खाएर जाउँ भन्दा उहाँहरुले सांसद रामबाबुलाई भेटनुछ भनेर फोन गरे । तर, उठेन । त्यसपछि म तल आएर तत्काल डा बाबुराम भट्टराईलाई फोन गरे । फोन पहिलो पटक उठेन र एसएमएस गरेपछि बाबुरामले फोन गर्नुभयो ।उहाँहरुले मलाई कर गर्नुभो । तपाई प्रति सरकारा पोजेटिभ । तपाइले सहयोग गर्नुपर्यो भन्नुभयो । ‘र’ र ‘वा’ जस्ता कुराहरु उहाँहरुले धेरै गर्नु भयो । यसले पनि मलाई संका लाग्यो । आफ्नै पार्टीमा पनि असन्तुष्ट छ भनेर मैले अध्यक्ष ज्यूलाई अवगत गराएको थिए । तपाइमाथि धेरै समस्या आउन सक्छ ।

भन्दै उहाँहरुले प्रधानमन्त्री साथमा हुनुहुन्छ भन्न थाल्नुभयो ।मैले धेरै ढिलो गर्दा पनि उहाँहरुले हतार गर्नुभयो । त्यसपछि मैले मेरा विश्वासशिलो मान्छेलाई पछि लगाए । बर्दिवास पुगेपछि के कुरा हो भनेर सोधे । पार्टी फुटाउने कुरा भयो । तर, मलाई कुनै पनि सर्तमा अलग गाडीमा बस्न दिइएन । त्यसपछि जनकपुर गयौँ । सुरेन्द्र डा साव पनि भेटे ।जनपुरको रामानन्द चोकमा अलिकति सूचना लिक भयो । फेरी बर्दिवास पुग्यौँ । मेरो बोवाइल रातो गाडीमा छुट्यो । अनी म अपहरणमा परेको कुरा लिक भयो । प्रदेशमन्त्री सम्म पुग्यो । सिन्धुलीमा आएर खाना खायो । काठमाडौ ल्याउदा काभ्रेमा खाना खुवानु भयो । उहाँहरुले पावरको कुरा गर्नुभयो ।हामी ज होटलमा पुग्याँै ।

हाटेलमा जब मैले रुम पाए । ७०३ नम्बरको कोठा थियो होटल म्यारिडको । मैले उहाँलाई छुक्याएर होटलको रुम नम्बर अध्यक्ष र डा बाबुराम भट्टराईलाई पठाइसकेको थिए । उहाँहरु अलग रुममा हुनुहुन्थ्यो । होटलमा पुगेपछि थाहाँ भयो यो कामको जिम्मा गोकुल बास्कोटालाई दिएको थियो रे । बाटोमा आउदा किसान जीले फोन गरेपछि प्रधानमन्त्रीसंग पनि कुरा गराउनू भो । होटमा पनि उहाँहरु एक दुई जना आउने जाने गर्नु भएकै थियो ।विहान ५ बजे फेरी आउनु भयो उहाँहरु कुरा गरौँ भन्नु भो । मैले ७ बजेतिर गरौला एकछिन सुतौ भनेपछि जानुभयो । यहि मौका छोपेर म मर्निक वाक गर्न मिल्छ भनेर सोधेर बाहिर निस्के । १५ मिटेर वाक गरे । त्यही समयमा डा बाबुराम भट्टराईको गाडी आयो । त्यसैमा म बाबुरामको घरमा पुगे ।रिपोटर्स नेपालबाट