नारायणी अस्पतालबाट कोरोना निको भएर ४ जना डिस्चार्ज

वीरगञ्ज, वैशाख १४ गते/वीरगञ्जको नारायणी अस्पतालको आईसोलेसनमा रहेका ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । तीन जना भारतीय जमाती र रौतहटका एकजना युवकलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा रौतहट इस्नात नगरपालिका ८ मोतिपुरका १९ वर्षीय युवक छन् ।त्यसैगरी भारत उत्तरप्रदेशका ५५ वर्षीय इब्राहिम, ३७ वर्षीय युनुस र ४४ वर्षीय उस्मानलाई मुस्लिम आयोगको जिम्मा लगाएको अस्पतालका वरिष्ठ चिकित्सक डा निरज सिंहले बताएका छन् ।

तीन जना भारतीय जमातीलाई मुस्लिम आयोगका प्रतिनिधि मोहम्मद अब्बास मंसुरीको जिम्मा लगाइएको छ ।

तीन जना भारतीय नागरिक रहेको र सिमा बन्द भएका कारण भारत जान नसकेकोले मुस्लिम आयोगको प्रतिनिधीसँग लिखित सहमति गरेर जिम्मा लगाएको बताइएको छ । घर बाहिर निस्कन नदिने, कुनै व्यक्तिमा सम्पर्क हुन नदिने सर्त राखेर जिम्मा लगाइएको डा सिंहले बताए ।