सेना लागौं लिपुलेकतिर, जनता लागौं बाँझो खेततिर

काठमाडौ । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएपछि ज’नस्तरमा सरकारको व्यापक वि’रोध भएको छ । उत्तराखण्डको पिथौराकोटबाट कैलाश मानसरोवरसम्म करिब ९० किलोमिटर सडक बनाउँदा अहिले नेपालमा वि’रोधका आवाजहरु उ’ठिरहेका छन् । यहि क्रममा धेरै कलाकारहरुले समेत आफ्नो धारणा व्यक्त गर्न थालेका छन् । यहि क्रममा लोक गायक बद्री पंगेनीले आफ्नो ट्विटरमा यहि विषयमा के’न्द्रित भएर केहि शब्द लेखेका छन् जसको अहिले सामाजिक संजालमा चर्चा चलिरहेको छ ।

बद्रीले न नेपाल सरकारलाई कुनै गु’नासो पोखेका छन् न भारतको वि’रोध नै गरेका छन् बरु मिठो तरिकाले उल्लेख गरेका छन् कि अहिले सेना लिपुलेक तर्फ जानुपर्छ आफ्नो भूमि रक्षा गर्न भने जनताहरु सडक र सामाजिक संजालमा वि’रोधमा उत्रिनु भन्दा बाँझो खेत तर्फ लागे देशको विकाश हुने भान प्रकट गरेका छन् ।बद्रीले लेखेका छन्, “सेना लागौं, लिपुलेकतिर जनता लागौं,बाँझो खेततिर” ।बद्री पंगेनी अहिले लकडाउनको बेला ट्विटर एकाउण्ट खोलेर स’क्रिय भएका छन् । अहिलेको सामाजिक चर्चाको विषय देखि राजनीतिक विषयमा आफ्नो कुराहरु राख्दै आएका छन् ।