‘अब खुँडा, भाला, बन्चरो, खुकुरी बोकेर लिपुलेक जानैपर्छ’

प्रकाश जोशी/विश्व समुदाय कोराना भाइरस (कोभिड-१९) ले आक्रान्त भैरहेको छ । यसको महामारीले मानव जातिकै अस्थित्व रहनेकी नरहने वा रहे पनि अबको भविष्य कस्तो हुने भन्ने अलमलमा परिरहेको छ । लाखौ मानिसहरूले ज्यान गुमाए, लाखौं सङ्क्रमित छ्न । विश्व पुरै लकडाउन छ । व्यापार व्यवसाय ठप्प छ्न । मजदुर, गरीबहरु भोकभोकै मरिरहेका छ्न । तमाम मानिस अलपत्र छ्न । भारतमै तमाम नेपाली अलपत्र छ्न । तमाम भारतीय नेपालमा अलपत्र छ्न । मानवीय नाताले अलपत्र परेका भोका गरीब, मजदुर वर्गलाई उद्दार गर्नुको साटो, कोराना भाईरसलाई परास्त पार्नुको साटो, मिलेर सामना गर्नुको साटो, भारतले नेपाल-भारतबिच द्वन्द्व सिर्जना हुनेखालको बेमौसमी बाजा बजाई रहेको छ । यस विषम परस्थितिमा नेपालको सिमाना मिचेर नेपाल आमाको छाती चिरेर, नेपालको लिपुलेक क्षेत्रबाट नेपालसंग परामर्श नै नगरी एक पक्षिय ढङ्गले सडक काटेर नेपालीमाथी अन्याय, अपहेलना र अपमान मात्रै गरेको छैन, नेपाल भारतको मैत्रीपुर्ण सम्बन्ध नै तोडेको छ ।

यसभन्दा पहिला नेपाल भुकम्पले काकाकुल भैरहेको थियो । त्यसबेला भारतले नेपालमाथि नाकाबन्दी लगाएर ठूलो पाप गरेको थियो । नेपालले संविधान जारी गर्दा भारत अनुकूल भएन भनेर केही भारतीय गुलाम मधेसबादी नेताहरुलाई उचालेर मधेसीहरुलाई आन्दोलन गर्न लगायर नेपाली-नेपालीबिच फुट सिर्जना गर्ने जस्ता कुदृष्टिले सुरक्षाकर्मी र आन्दोलनकारीको झपडमा तमाम सुरक्षाकर्मि र सर्बसाधारणको ज्यान गएको थियो । दिन दाहाडै भारतीय सेना नेपाल आयर सर्बसाधारणलाई कुटपिट गर्नु, उनिहरुका नाजपानी, बाख्रा, खसी खोसेर लग्नु, चेलिबेटीलाई बलत्कार गरेर जानु, चोरी डकैती, विभिन्न अपराधिक गतिविधि गरेर भाग्नु, लागू औषध नेपालमा ओसारपसार, भन्सार कर छली गर्नु , ज्यानै मारेर जानु, बिना अनुमती हातहतियार सहित भारतीय प्रहरी नेपालको जुनसुकै ठाउँ जानू , सिमा सुरक्षामा खटियका नेपाली युवा गोबिन्द गौतमजस्ता योद्धा मारिनु , राती नेपालमा सुतेका मानिस दोस्रो दिन भारतमा बिउँझिनेगरी सिमा मिच्नु र आफ्नै घर वा देशबाट भारत्रेय सेनाद्वारा लखेटिनु जस्ता घटनाले भारत संकटमा साथ दिने मित्र नभै संकटमा विभिन्न अन्यायपुर्ण कार्य गर्ने शत्रु हो । तर बिडम्बना नेपाली शासकहरु भारत बिना बाँच्नै सक्दैनन । आफ्नै कुर्सी बचाउनमा व्यस्त छ्न । भारत बिना तिनिहरुको छाक बास नै चल्दैन । कस्ले बुझ्ने यी देशभक्त नागरिकको वेदना । काठमाण्डौको महलमा बसेर काठमाण्डौ उपत्यका मात्रै नेपाल हो भनेर सोच्ने काठमाण्डौको मात्र सुरक्षा गर्ने हाम्रा निरीह सरकार सिमाका नागरिकको पीडाको के चासो ?

यसरी नेपालमा जे गरे नी हुन्छ । नेपाल पनि देश हो र ? नेपाल त हाम्रै प्रान्त हो भन्ने आभास गराउने काम नेपाली शासकहरुले नै गरेका हुन । आफ्नो कुर्ची बचाउन, प्रधानमन्त्री, मन्त्री बन्न भारतको आशीर्वाद चाहिने नेताहरुको लाचारी र चाकरीपन तथा सत्ता स्वार्थले आज यो अवस्था आएको हो । यसरी नेपाली शासककै मिलेमतोमा नेपालमा भारतले चाहेको गर्न पाएपछी चाहेको व्यक्ति वा भारतको गुलाम नेता प्रधानमन्त्री बनाउन पाएपछि भारतको नयाँ दिल्लिको इशारामा नेपाल चल्न लागेपछि भारतकै प्रान्त भएन र नेपाल ?

विश्व गोर्खाली सेनादेखि थर्कने गर्छ, डराउँछ । तर भारत किन ज्यादती गर्दै छ त ? ब भारतीय ज्यादती, अन्याय, अत्याचार, थिलोमिचो बढि नै भयो । नेपालको स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता एवं राष्ट्रिय एकता बचाउने हो भने भारतसंग कुर्सी खोसिन्छ् की भनेर सत्ता स्वार्थको लागि डराउने होइन । अन्यायको प्रतिरोधमा उत्रीने हो । मित्र राष्ट्रको सहयोगमा भारतको ज्यादती विरुद्ध सेना परिचालन गरेर आफ्नो भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्ने हो । यदि सेना परिचालन गर्न सकिदैन भने, नेपाली सेनाले आफ्नो भुमिको रक्षा गर्न सक्दैन भने, नेपाली सेनाको के काम ? खाली किन पाल्ने ? यत्रो जनशक्ति, गरीब, मजदुरबाट कर उठाएर नव जवान युवाहरु बिना काम किन ब्यारेकमा थन्काउने ? सेना खारेज गरौ । रक्षा मन्त्रालय खारेज गरौ । हैन भने नेपाली भुमिको रक्षा गर्न युद्ध गर्नुपर्छ भने, ज्यानको आहुती दिनुपर्छ भने मर्न तयार होऔं । भारतको सैनिक क्याम्प ध्वस्त पारौ।

सक्छौ भने सुगौली सन्धी खारेज गरौ ! अन्तराष्ट्रिय अदालत जाऔं ! संयुक्त राष्ट्र सङ्घमा कुरा उठाउँ, अन्तराष्ट्रिय सुरक्षा परिषदमा कुरा उठाउँ, सुगौली सन्धी अगाडिको सबै नेपाली भूमी फिर्ता गराऔं । यस्तो सकिँदैन भने पनि हाम्रा पुर्खाले ठुला दु:ख कष्टले बनाएको मुलुक त बचाऔं । ८ मार्च १८१६ मा भएको सुगौली सन्धिको धारा ५ बमोजिम महाकाली पुर्व नेपालको जमिन भनेर प्रष्ट लेखेकै छ । कसरी अतिक्रमण गर्दैछ भारतले नेपालको कालापानी, लिपुलेग र लिम्पियाधुरा ?

भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढ जिल्लाको गर्वाधारबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रको कालापानी, लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने नेपालमा मात्रै ७८ किलोमिटर सडक खनेको छ । यत्रो सडक खन्दासम्म के हेरेर बसेको छ नेपाल सरकार ? के गर्दै छ सिमा सुरक्षामा खटिएको शशस्त्र प्रहरी ? किन पालिएको हो नेपाली सेना ? जवाफ चाहियो । आज उक्त सडक उद्घाटन भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्विट गर्दा र मिडियामा समाचार सम्प्रेषण भएको देख्दा नेपाल सरकार थाहा नभए जस्तो किन आश्चर्य चकित हुँदै छ ? थाहा थियो भने किन एक्शन नलिएको ? थिएन भने किन भएन ? सरकारले गुप्तचर निकाय किन पालिरहेको छ ? दुतावास किन पालिरहेको छ ? यस्ता सम्बेदनशिल विषयमा सरकारलाई किन जानकारी गराएनन ? गुप्तचर निकाय, दूतावासलाई कारबाही गरियोस । सरकार गैर जिम्मेवार होइन जिम्मेवार बनोस ।

केही समय अगाडि सम्माननिय उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल ज्यू लिपुलेक घुम्नु भा होइन र ? के हेरेरे आउनु भो ? त्यस्को उपलब्धि के ? जानकारी चाहियो । हैन भने मिलेमतो भन्ने बुझिन्छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ज्यू तपाईले कुटनैतिक पहल गर्छु भनेर विज्ञप्ति नेकालेर मात्रै हामी बिश्वास मान्दैनौ । तपाईहरुसंग भारत छलफल गर्नै चाहान्न । टेर्दै टेर्दैन । बैठकमै आउदैन, के गर्न सक्छन र मेरो भन्दै “काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ” भने झैं तपाइहरुका पठाएका पत्र डस्ट्विनमा मिल्काईदिन्छ । कुटनैतिक पहल सहल केही गर्न सक्दैनौ । नेपालमा बसेर राष्ट्रबादि कुरा गरेर हुँदैन हतियार उठाउनैपर्छ । तपाईहरु नेपाली सेना परिचालन गर्नुस । भारतसंग अन्तिम युद्ध लड्नैपर्छ । यो त अति भो !

हे भारतियहरु, इतिहास पल्टाउनुस तपाइँहरु अंग्रेजहरुको गुलाम बन्नु भो तर हामी स्वतन्त्र छौं । हामी कसैको पनि गुलाम बनेनौ । बरु भारतले भुल्नु हुदैन कि भारतलाई कम्पनी सरकारबाट स्वतन्त्र बनाउन सैनिकको साथै प्राविधिक सहयोग नेपालीले गरेका थियौं ।

हामी स्वतन्त्र, स्वाधिनता र स्वाभिमानी हौं भन्दै गौरव गर्ने, घमण्ड गर्ने एक स्वतन्त्र नेपाली भन्न पाउने थिएनौं । यस्को सबै जस हाम्रो गौरवशाली इतिहासका पुर्खा जसले अङ्ग्रेजहरुसंग खाना, पानी नभनी ज्यानको बाजी लगाएर ठूल्ठूला बम बारुदसंग ढाल, तलवार, खुकुरीको भरमा लडेर नेपालको स्वभिमान बचाएका हुन । यदि उनिहरु आधुनिक हतियारसङ्ग डराएका भए हामेरले गौरव गर्ने नेपाल हुने थिएन । तर हामी किन भारतीय ज्यादती, अन्याय, थिचोमिचो सङ्ग डराईरहेका छौं । यस्तै हो भने भारतले नेपाललाई सिक्किम जस्तै आफ्नो प्रान्त हो भन्न बेर छैन । अनि हाम्रो वीर पुर्खाको रगतले सराप्ने छ । हाम्रा आउने पुस्ताले सराप्ने छ । इतिहासले धिक्कार्ने छ । त्यसैले राष्ट्रियता बचाउन ज्यानको बाजी लगाउन तयार छौं । किन डराएको नेपाली शासकहरु भारतको विरुद्धमा तुरुन्त एक्सन लिनुस । किन खुट्टा कमाएको ? हामीसङ्ग सेना छैन ? हतियार छैन ? हात हतियार बिना कसरी भारतसँग युद्ध गर्ने भनेर डराउनुको कुनै कारण छैन । युद्ध टेक्निकले जित्ने हो । परापूर्वकालमा के अङ्ग्रेजसङ्ग युद्ध जित्न सहज थियो त ? सहज पक्कै थिएन । उनिहरुको आधुनिक हतियारसङ्ग ढाल, तरवाल र खुकुरीको बलमा लड्नु सहज कुरा थिएन ।

मकवानपुरको तराई क्षेत्रमा नेपालको सुरक्षाको निमित्त खटिएको नेपाली फौज जब अङ्ग्रेजहरु नेपाल आक्रमण गर्ने भनेर आए, नेपाली फौज तराईबाट भागेर पहाडमा गएका थिए । यसरी रातारात क्याम्पबाट फौज भागेपछी अङ्ग्रेजहरुलाई नेपाली डरले भागे भन्ने लाग्यो । त्यसपछि सहजै नेपालमा शासन गर्न पाइने भो भन्दै पहाड चडेका अङ्ग्रेजहरुलाई पहाडको जङ्गलमा लुकेर बसेको, गुरिल्ला युद्धमा निपुण नेपाली फौजले कतिलाई भिरबाट खसाली दिए, कतिलाई खुकुरीले काटिदिए त कतिलाई फाँसिदिए । एक्कासी नसोचेकै आक्रमण भएपछी कम्पनि सरकारको फौजले कुनै प्रतिक्रमण गर्न सकेन । पहाडको भिरबाट झन आफै लडेर मरे । यस्ता वीर पुर्खाका हामी सन्तान किन सहँदैछौ, भारतले दिन प्रतिदिन हाम्रो सिमाना मिचिदा किन चुप बसेको ?

कमरेडहरु किन डराएको ? कमरेडहरुले कुट्टा कमाएको सुहाउदैन । हामी हाम्रो सिमाना मिचेको टुलुटुलु हेरेर बस्न सक्दैनौ । हामी हाम्री आमाको छाती चिरेको हेर्न सक्दैनौं । मर्न तयार छौं, तर हाम्रो सिमाना एक इन्च पनि छोड्न सक्दैनौ । ढाल, तरुवाल, कुकुरी भिरेर लड्न तयार छौ । हामी हाम्रो देश बचाउन छातिमा गोलि थप्न तयार छौं ।

कमरेडहरुले पहिलेका शासकले गल्ती गरे भनेर पन्छिन पाउनु हुन्न । हो सबैलाई थाहा छ । सन १९६१/६२ को चीन-भारत युद्धमा कलापानीमा राजा महेन्द्रले भारत नचिडाउ भनेर सैनिक क्याम्प राख्न दिए, पछि पञ्चायतले भारतलाई कालापानीमा ब्यारेक नै राख्न दिए । गिरिजाप्रसाद कोइराला लगाएत काङ्ग्रेसका सरकारले यस्को विषयमा टाउको दु:खाउनै चाहेनन । वि.स. २०५१/५२ सालमा दार्चुलाका प्रेम बहादुर धामीले संसद, सदन सडकमा कालापानी, लिपुलेक, लिम्पियाधुरामा भारतीय सेना बसेको र सिमा क्षेत्रमा भारतीयको ज्यादती विरुद्धमा बोल्दा मनमोहन अधिकारीले पनि कुनै कदम चल्न पाएनन । झन शेर बहादुर देउवाले धामीलाई अनाबश्यक विवाद ननिकाल्न भन्दै झपारे । लोकेन्द्र बहादुर चन्दले पनि धामीलाई हप्काए । प्रेम बहादुर धामीले नै यस विषयमा बोल्न सुरु गरेका हुन । सलाम छ धामीको राष्ट्रवादप्रति ।

कमरेडहरुले काङ्ग्रेस, राजा, पञ्चायत राणा वा अन्य प्रधानमन्त्रीलाई दोष दिएर उम्किन पाउनुहुन्न । यिनिहरुले देशको स्वाधिनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्दैनन भनेर नेपाली जनताले कहिल्यै नबिउँझिने गरी सेलाईसके । अमेरिकी साम्राज्यवाद भारतीय विस्तारवादको विरुद्धमा बोलेर नेपाललाई स्वाभिमान नेपाली भएर गौरवमय जीवन जिउने वातावरण सिर्जना गर्नेछन भनेर दुई तिहाईको बहुमत नेपाली जनताले कमरेडहरुलाई दिएको हो । कमरेडहरु जनताको अभिमतको सदुपयोग गर्नुस। राष्ट्रियत बचाउनुस । करोडौंका महल र गाडीका साथै विलासी जीवन जिउन, भारतको गुलाम बन्न बहुमत दिएको होइन । अभिमतको दुरुपयोग गरेमा, राष्ट्रियता, स्वाधिनताको भर्खरै सिर्जित कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा दीर्घकालिन समाधान खोज्न सकेनौ भने जनताले कमरेडहरुलाई राजा, पञ्चायत, राणा काङ्ग्रेस जस्तै ईतिहास बनाईदिने छ्न । तपाईहरुको औचित्य नै समाप्त हुनेछ ।

यसो भन्दा काङ्ग्रेसले खुशीले ओठ बजाउनु पर्ने बेला होइन । यसै मुद्दा बनाएर सरकारको विरोध गरेर यसको विरुद्धको अभियानमा सरकारलाई असहयोग गरेर भारतसंग मिलेर अबको चुनाव टप्काउने दिवा सपना नदेखे हुन्छ । सक्छौ सरकार सबै मिलेर देशको स्वाधिनताको लागि एक भएर लडौ । हैन भने तपाइहरुका कर्तुत जनताले बिर्सेका छैनन । समयमा नसोचे तपाइहरु इतिहास भैसक्छौ । त्यसपछि अर्कै शासकको नेपाली जनताले आबश्यकता महशुस गर्नेछन । पक्कै पनि उसले नेपालको स्वाभिमान बचाउनेछ ।

सन २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका प्रधानमन्त्री लि खस्याङबिच दुइ देशीय व्यापार सम्झौतामा लिपुलेक व्यापारिक मार्ग बनाउने सहमती भए अनुरुप भारतले लिपुलेकमा सडक खनेको हो । यो सडक छोटो र नयाँ दिल्ली -बेइजिङ्ग व्यापार गर्ने सहज छिटो र छरितो हुनेछ । यो दुवै देशका लागि महत्वपूर्ण छ । भारतले नेपालसंग कुरै नगरी चीनसंग मात्र सम्झौता गर्नाले पनि भारतले नेपाललाई हेपेको यथार्थ हो । नेपाल पनि देश हो र ? के गर्न सक्छ ? भनेर गरिएको अन्तराष्ट्रिय कानुन विपरित भारतीयहरुको दादागिरी हो । हामी भौगोलिक रुपमा भारतभन्दा साना हौंला, तर नेपाल पनि भारतभन्दा ठूलो स्वतन्त्रतामा छ । चीन पनि दोषि छ । लिपुलेक नेपाको हो भन्ने थाहा हुदाहुँदै नेपालसङ्ग सल्लाह नै नगरी भारतसंग व्यापारिक सम्झौता गर्नु चीनको ठूलो गल्ती हो । गैरजिम्मेवारपूर्ण कदम पनि हो । चीनसङ्ग चीनका राष्ट्रपति सि जिङ पिङसङ्ग पारस्परिक सम्बन्ध छ भन्ने कमरेडहरुले छिटोभन्दा छिटो चीनसङ्ग सल्लाह गरेर उक्त सम्झौता खारेज गर्न लगाउनुपर्छ ।

८ मार्च १८१६ को सुगौली सन्धीको धारा ५ बमोजिम महाकाली पुर्वको सिमाना नेपाल हो । कालापानी महाकालीको मुहान हो, लिम्पियाधुरा भन्दा झन यता लिपुलेक पर्छ । लिपुलेकमा भारत सरकारले खनेको ७८ कि.मि. सडकलाई तत्काल खारेज गर्नुपर्छ । कमरेडहरुको सरकारले कुनै हिच्किचाहट नमानी, नडराएर पुराना शासकको गल्तिलाई सच्याउन सक्नुपर्छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको नक्शामा राख्न कस्ले रोक्यो ? सबै सिमाना सहित नेपाली नक्शा तत्काल सार्बजनिक गरेर आफ्नो सिमानामा काडेतार, पर्खाल लगाउन सक्नैपर्छ, कालापानीमा रहेको भारतीयको ब्यारेक हटाउन लगाउ । नहटाए भारतीयको त्यो ब्यारेक ध्वस्त पार्न तमाम देशभक्त नागरिक तयार छौं । पर्खाल लगाउन बजेट अभाव भए चन्दा दिन तयार छौं । श्रमदान गर्न तयार छौं । देशमा विकास निर्माण गर्दै गरौला पहिले सिमाना बचाउ । सिमानामा काडेतार लगाउ पर्खाल लगाउ । सिमानामा सैनिक परिचालन गर । कमरेडहरु खुट्टा नकमाउनुस, मुटु नकमाउनुस, यदि तपाईंहरु भारतसङ्ग डराउनु भो भने तपाईं र काङ्ग्रेसमा के फरक भयो र ? डराउनु भयो भने तपाईहरुलाई कम्रेड भन्न सकिँदैन । तपाईहरु त स्वार्थी हो । कमरेड स्वार्थी हुन सक्दैनन र सुहाउदैन पनि । नालापानीमा भलभद्र कुवरको विरता, मलाउमा अमर सिंह थापाको विरता देउथलमा भक्ति थापाको विरताको इतिहास बिर्सनु भो ? कमरेडहरु । “नेपाली हामी रहौला कहाँ नेपालै नरहे” भन्ने उक्ति बिर्सिनु भो कमरेडहरु ? ती वीर, बहादुर पुर्खाका सन्तान हौं हामी । हामीलाई कसैको थिचोमिचो सह्य हुँदैन । हामी हाम्रो देशको रक्षा गर्न, नेपाल आमाको रक्षा गर्न, मर्न तयार छौ । हामी हाम्री नेपाल आमाको छाती चिरेको हेर्न सक्दैनौ । भारतसङ्ग अन्तिम युद्ध लड्छौ । हामीलाई सिमानामा जान दिनुस । खुँडा, भाला, बन्चरो, खुकुरी बोकेर जान दिनुस । हामी हाम्री आमाको छती चिरेर सडक खन्ने, हाम्रो देशमा गिद्देदृष्टि लगाउनेको घाँटी रेट्ने छौं । हामीलाई नेपाल आमाको छाती चिरेको सह्य हुँदैन । भारतसङ्ग अन्तिम युद्ध लड्नैपर्छ । हामीलाइ हाम्री आमाको छाती चिर्नेको घाँटी रेट्नुछ । कालापानी, लिम्पियाधुरा, लिपुलेक जोगाउनु छ । हाम्रो सिमानाको रक्षा गर्नु छ । त्यसैले अब खुँडा, भाला, बन्चरो, खुकुरी बोकेर लिपुलेक जानैपर्छ ।

(लेखक अनेरास्ववियुका डोटी जिल्ला नेता हुन ।