पुर्वजनमुक्ति सेनाकाे अस्तित्व स्विकार्ने हाे भने सम्पूर्ण सिमाकाे विना तलब सुरक्षा गर्न तयार

काठमाडौं : छिमेकी भारतले नेपाली भूभागमा सडक बनाएको विषयमा नेपालमा सर्वत्र विराेध भइरहेको समयमा पुर्वजनमुक्ति सेनाका पुर्व कमान्डरले पुर्व जनमुक्ति सेनाकाे अस्तित्व सरकार,लगाएत सबैले स्विकार्ने हाे भने सिमाकाे सुरक्षा गर्न तयार रहेकाे बताएका छन् ।नेपाली भूमि हुँदै भारतले लिपुलेक जोड्ने सडक उद्घाटन गरेको प्रति अापत्ति जनाउदै अाफ्नाे सामाजिक सञ्जाल फेसवुक मार्फत भारतीयले नेपालमा लगाएकाे पटकपटककाे गिद्देजरलाई पुर्व जनमुक्ति सेना विना तलब नेपाल र भारतसँग जाेडिएका सम्पूर्ण सिमाकाे सुरक्षा गर्न तयार रहेकाे बताएका हुन ।

पुर्व लडाकु . मुस्कान

भारतको यो कार्यले नेपालको सार्वभौमिकतालाई कमजोर आँकिएकाे ठहर गर्दै अब चुपाेलागेर वस्न नहुने पुर्वजनमुक्ति सेना नेपाल पुर्व कमान्डर जारकाेटका मुस्कान राेकायाले हिजाे उनकाे सामाजिक सञ्जाल फेसवुक मार्फत साे कुरा लेखेका हुन ।उनी २०५८ मा १० बर्षे सशस्त्र जनयुद्ध भुमिगत भइ अखिल क्रान्तिकारी हुदै जनमुक्ति सेना नेपालको सदस्य, राेल्पा लिस्ने गाम, रूकुम खारा, अर्गाखाँची सन्धिखर्क सदरमुकाम,जुम्ला खंलगा कालिकोट पिलि लगायत दर्जनौं कमान्डो को कमान्डर रहेर कम्पनी कमान्डर नेपालगन्ज कमाण्डोमा घाइते भइ उपचार क्रममा गिरफ्तार भएका थिए ।
जनमुक्ति सेनाकाे व्यारेकमा हुदा बटालियन सह कमान्डर सेना उनी शान्ति प्रक्रियामा रिहाइ पछि शान्ति प्रक्रियासँगै जनमुक्ति सेना समायोजनमा सम्मानजनक नहुदा स्वैच्छिक अबकाश लिएका पुर्व जनमुक्ति सेना हुन । हाल उनी राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य तथा नेकपा जाजरकोट जिल्ला कमिटी सदस्य समेत हुन् ।