जिल्ला प्रहरी नवलपरासी पश्चिमद्रारा ठुलो मात्रामा मदिरा नष्ट

रबिन्द्र यादव / नवलपरासी पश्चिम,१जेठ,जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले बिहिवार ठुलो मात्रामा मदिरा नष्ट गरेको छ । जिल्लाको सिमावर्ती क्षेत्रबाट बरामद गरेको घरेलु तथा अन्य मदिरा नष्ट गरेको हो । लकडाउनको मौका छोपी अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको मदिरा बरामद गरि स्थानिय संचारकर्मीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी विरेन्द्र थापाले बताए ।

लकडाउनको समयमा उक्त मदिरा भारत लैजादै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । नष्ट गरिएको मदिरामा ४ सय चालीस लिटर घरेलु मदिरा रहेको छ भने २५ सय सोफी , ५ सय चालीस सिसी सुपर ग्रिनी तथा १९ सय तीस सिसी स्टार रहेको प्रवक्ता थापाले जनाएका हुन ।