समाज रुपान्तरणमा समाज र सरकार

समाज भन्ने बित्तीकै गाॅंऊ, टोल, छरछिमेक वा एऊटा निश्चित एरीयामा बसोबास गर्ने मानीसहरुको समुहलाई बुझाउछ। समाजको परीभाषा फरक फरक भयपनी यसको निश्कर्श एऊटै छ। समाजलाई क्षेत्र, परीवेष, संस्कृती , संस्कार , शिक्षा र त्यहाॅंको भौगोलिक अवस्थाले बाॅंधेको हुन्छ र त्यही अनुसार चेतनाको स्तर पनी निर्धारण गरेको हुन्छ। समाज जाहाॅं जस्तो परीवेशमा रहेपनी देशको एऊटा महत्वपुर्ण अंग हो जसले राज्य संचालनमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ। भनिन्छ जस्तो समाज त्यस्तै देश ।सरकार यस प्रती चनाखो हुन जरुरी छ।

समाजमा बस्ने नागरीक हरुलाई कसरी परीचालन गर्ने । सामाजिक समानता सहितको समाज निर्मणमा कस्ता निती नियमहरुको अबलम्वन गर्ने वा चेतना सहितको सामाजिक समानता कसरी कायम गर्ने गराउने ।समाजले चाहादैमा समाज परीवर्तन हुदैन र सरकारले चाहादैमा पनी , यसमा त दुवैको पारस्परीक सहयोगको भुमीका महत्वपुर्ण हुन्छ । सरकारले बनाऊने नियम,कानुनहरुले पनी यसमा महत्वपुर्ण भुमीका खेलेको हुन्छ। यसमा सरकारले सामाजिक समानताको निती अबलम्बन गर्नु अत्यन्तै जरुरी देखीन्छ।
व्यक्ती देखी लियर सम्पुर्ण निकायहरु सरकार प्रति उत्तरदाई हुने भयकोले पनी सरकारले नै यसको जिम्वेवारी लिनुपर्ने देखीन्छ र यस विषयमा सचेतना जगाऊनेकाम सरकारको नै हो ।

कतीपयलाई सरकारले मात्र यो सब संभव छ भन्नेपनी लाग्ला? जसले देशको शासन संचालन गरीरहेको हुन्छ र उसले गर्ने राम्रा नराम्रा निर्णयले समाजलाई नै प्रतक्ष्य वा अप्रतक्ष्य असर पारीराखेको हुन्छ र यसैवाट सरकारको निती स्पस्ट हुन्छ समाज र राज्य कता जादैछ भन्ने कुराको ।सरकारले गर्ने हरेक निर्णयमा त्यस देशका नागरीक सचेत हुन जरुरी छ।समाजमा बस्ने हरेक नागरीक आफ्ना हक अधिकारका बरेमा पनी सचेतहुन जरुरी हुन्छ।
हो यि सब कुरा सरकारले मात्र संभव छैन यसमा त्यस राज्य भित्र बस्ने नागरीकहरुको पनी महत्वपुर्ण भुमिका रहन्छ। जबसम्म नागरीक सचेत हुदैनन् देश विकाश संभव पनी छैन र नागरीकको साथबिना सरकार सफल पनी हुदैन।जवसम्म सरकारी निकायहरुले सहजताका साथ कामगर्न सक्दैनन देशले दिगोलक्ष्य हाॅंसिल गर्न सक्दैन फलस्वरुप देश र समाजलाई नै हानी गर्दछ।

लेखक: राजन अधिकारी

अब प्रश्न आउछ समाज रुपान्तरणको, समाजलाई रुपान्तरीत गर्नेकुरा त्यती सजिलै हुने कुरापनी होईन यसकालागी नेतृत्वको दृढ ईछ्या शक्ती ,सामाजिक चेतना र विश्व परीवेशले पनी महत्वपुर्ण भुमिका खेलेको हुन्छ। पहीलो कुरा त समाजलाई कुन दिशामा कस्ता मुल्य र मान्यतामा रुपान्तरीत गर्ने भन्ने कुरामा यकीन हुन जरुरी हुन्छ ।यसकालागी समाजको शुक्ष्म अध्यन , नागरीकको चेतनाको स्तर र देशको भौगेलीक आर्थिक अवस्थाले महत्वपुर्ण माने राख्दछ। विश्व ईतिहासलाई हेर्दा खेरी समाज रुपान्तरणकै लागी ठुलठुला युद्द, आन्दोलन भयका छन र भईराखेका पनी छन यस्ता अभियान हरुमा कती सफल छन भने कती असफल ।

रुपान्तरणको अभियान तब सफल हुन्छ जब चेतनाको स्तर बलीयो हुन्छ।रुपान्तरणमा सहकार्य अनिवार्य हुन जरुरी छ सहकार्य मै हरेककुरा दिगो सफल र संभव छ। देशमा जवसम्म विवेध रहन्छ रुपान्तरीत समाजको कल्पना गर्न सकीदैन । विवेध जुनसुकै प्रकृतीको हुन सक्छ जस्तो :- राजनितीक विवेध, जातिय विवेध, सांस्कृतिक विवेध,भौगोलीक विवेध। जवसम्म सिंगो देशले विवेधको वध गर्न सक्दैन त्यसलाई समानतामा आधारीत रुपान्तरीत समाज भनिदैन।यि सबै कुरालाई आत्मसाथ गर्दै सरकारले समयमै उचित कदम चाल्नुपर्ने देखीन्छ।विस्वास छ सरकार यि सबैकुरामा सचेत छ र जनताको जगमा रहेको कुनैपनी सरकारले क्रमस समाज र सिंगो देशलाई समान न्याय सहितको शुसासनमा लैजाने छन ।