“अडीक ओली र प्रचण्ड“

विगत एक दशक देखी नेपाली राजनितीको सेरोफेरोमा चर्चित नेता हुन ओली । उनले गरेका हरेक कृयाकलावले चर्चा पाउने गरेका छन् र जनताको साथ पनी । पहीला पार्टी भित्र सिमीत चर्चीत नेताका रुपमा रहेतापनी बाहीर खासै चर्चामा थियनन् ओली । नेकपा एमालेको वुटवलमा भएको माहाधीवेसनबाट अध्यक्ष पदमा अत्याधीक बहुमतले विजयी भयपछी ऊनको चर्चा थप चुलीयको थियो । त्यस पछी उनले राष्ट्रहितमा गरेका हरेक राष्ट्रिय अन्तराष्ट्रीय पहलकदमी हरुले जनताको नजरमा थप बलीयो र स्थापित नेताको रुपमा परीचित गरायो । पार्टी भित्रैपनी उनी अत्याधिक रुचाईएका पात्र हुन ।

झापा आन्दोलनबाट उदाएका ओलीले आफ्नो जिवनकालमा करीव दुई दशक लामो जेलजिवन विताएका छन । तत्कालिन व्यवस्थाको विरोध गर्दा उनले आफ्नो सरीर छियाछिया पारेका छन । आफ्नो राजनितीक जिवनमा अडानमा अडीक , देश र जनताको जिवनमा परिवर्तनको सपना देख्ने , सपना देखाउने र सपनालाई पुरा गर्न अग्रसर गराउने नेताको रुपमा समेत परीचित नेता हुन ओली । जिवनमा कहिल्यै हार मान्दैनन र झुक्न पनी जान्दैनन ओली ।

लेखक:राजन अधिकारी

तत्कालिन नेकपा माओवादीलाई शान्तीवार्तामा ल्याउन महत्वपुर्ण भुमिका खेलेका ओलीले त्यसपछीका निर्णायक राजनितीक आन्दोलनहरुमा पनी महत्वपुर्ण भुमिका खेलेका थिय । संविधान सभाको निर्वाचन , संविधान निर्माण र संविधानको कार्वनयन गर्ने कुरामा पनी उनको अडानले महत्वपुर्ण भुमीका खेलेको छ ।तत्कालिन संविधानसभा को निर्वाचनमा पार्टीलाई पहीलो पार्टीको रुपमा स्थापित गराउनुमा पनी उनको महत्वपुर्ण भुमीका छ ।

संविधानसभाको निर्वाचन पछी पहीलो पटक प्रधानमन्त्री बनेका ओलीले आफ्नो कार्यकालमा गरेका महत्वपुर्ण निर्णय र तत्कालीन समयमा भारतले गरेको नाकाबन्दी माथीको उनको प्रतीकारले उनलाई थप राजनितीक उचाईमा पुर्यायो , राजनितीको सिखरमा पुर्यायो । त्यस पछी चर्चाका लागी उनले कहिल्यै पछाडी फर्कनु परेन ।

अहीले झन तत्कालि नेकपा माओवादी र तत्कालिन नेकपा एमालेको एकीकरण पछी बनेको शक्तीशाली पार्टी नेकपाका अध्यक्ष र प्रधानमन्त्री समेत छन ओली । हालसालै पनी उनले देशको छुटेको भुगोल समेटेर नक्सा जारी गर्नु र अन्य राष्ट्रीयताका पक्षमा गरेका महत्वपुर्ण निर्णय हरु बहुचर्चित नर्णयहरु हुन जुन ईतिहासका हरेक पानाहरुमा स्वर्ण अक्षरले लेखीने छन ।

नेकपा कै अर्का अध्यक्ष प्रचण्ड नेपाली राजनितीक ईतिहासका सिखर पुरुष हुन्। जसले जनतामा समानता , राजनीतीक , वर्गिय चेतना र अधिकार प्राप्तीको संघर्श गर्न सिकाए । नेपाली राजनितीक आन्दोलनमा बिभिन्न उतारचढाव बेहोर्यका प्रचण्ड एक कुसल र चतुर राजनितीज्ञ पनी हुन । तत्काली माओबादीका अध्यक्ष समेत रहेका प्रचण्डले , बार्ह बर्षे शसस्त्र माओवादी आन्दोलनलाई शान्तीवार्ता मार्फत नेपाली राजनितीको मुलधारमा ल्याउन महत्वपु्र्ण भुमिका खेल्ने शान्तीदुत पनी हुन प्रचण्ड ।यसरी विद्रोही शक्ती शान्तीवार्ता मार्फत मुलधारमा आउनु विश्व ईतिहासमा सायदै पहीलो पटक हो । उनलाई विश्व शान्तिदुत भन्दा कत्तीपनी फरक पर्दैन र हुन पनी ।

प्रचण्डकै अग्रसरतामा तत्कालीन राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएको थियो र नेपाल गणतान्त्रीक व्यवस्थामा प्रवेस गरेको थियो । नेपालको संविधान निर्माणमा प्रचण्डको भुमीका अतुलनीय छ । उनी एक निडर , प्रष्ट वक्ता र हकी स्वभावका नेता समेत हुन ।

तत्कालीन संविधानसभको निर्वाचन पछी शक्तीशाली प्रधानमन्त्री समेत बनेका प्रचण्ड आफ्नै अडानका कारण प्रधानमन्त्रीबाट राजीनामा दियका थिए । तत्कालीन समयमा उनले लियको अडान राष्ट्रहितमा थियो र राष्ट्रहितमा गरीयको अडानबाट पछी नहट्ने भन्दै उनले राजीनामा दिएका थिय । त्यही कारण चर्चित प्रचण्डलाई थप चर्चीत बनायको थियो ।

हाल पार्टी एकीकरणपछी नेकपा को अध्यक्ष रहेका प्रचण्ड पार्टीभित्र र बहीर सबैले रुचाईएका पात्र हुन । कती पयले प्रचण्डलाई भारत को समर्थन गर्ने नेता भनेपनी उनी कदापी भारतलाई , भारतको गलत कर्तुतलाई समर्थन गर्ने नेता हुदै होईनन्। यो त उनको बिगतको पृष्टभुमी बाट स्पस्ट हुने कुरा हो ।

नेकपाका दुबै अध्यक्ष हरुका केही राम्रा गुणहरु भएपनी अवगुणहरु पनी पक्कै छन । दुबै अध्यक्षहरुलाई बिभिन्न आरोपहरु पनी लाग्दै आएका छन । प्रधानमन्त्री ओलीलाई पार्टी भीत्र सबैलाई समेट्न नसकेको , आफ्नै निर्णयलाई सर्वपरी ठान्ने प्रवृती भयको , र
अरुको कमजोरीमाथि टेकेर अघिबढने भन्ने आरोप लाग्ने गरेको छ भने प्रचण्डलाई कुरा बदल्ने , गुठ निर्माण गर्ने र पारीवारीक राजनितीमा अल्झिने आरोप छ । त्यो कती सत्य छ स्वयं प्रचण्ड र ओलीलाई वा उनीहरुको अन्तरआत्मालाई थाहा होला ।

विगतमा वा पार्टी एकिकरण हुनुभन्दा पहीले भएका असहमती , असमझदारी , आपसी कटुतालाई ईगो का रुपमा लियर वा संझियर हालको परास्थिती लाई मुल्यंकन गर्नु दुबैका लागी हितकर छैन र सिंगो पार्टीका लागी पनी । यदी पुराना त्यस्ता केही छन भने बिर्सनु नै सबैकालागी हितकर छ । यदी अझै ईगो रहीरहे पार्टी कहील्यै एक हुन सक्दैन पार्टी भित्रको आन्तरीक जिवन सधै टुटको स्थितीमा रहीरहने छ । यस विषयमा सबैले समयमै सोच्नु जरुरी छ ।

नेकपा अध्यक्ष द्वयका गुणहरु, त्यागहरु र समयअनुकुलका सही निर्णयहरुकै कारणले आज देशले नयाॅं अध्यायको सुरु गरीराखेको छ । सिंगो राष्ट्रले नयाॅं दिशा समातेको छ। यसमा नेकपा मात्र होईन नेपाली कांग्रेस मधेसवादी दल अन्य कम्युनिष्ट घटकहरु र राप्रपाको पनी उल्लेखीय योगदान रहेको छ । यहाॅ कसैले कसैको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । अझै देश संविधान कार्वयनयनको चरणमै छ तसर्थ सबैलाई मिलायर लैजानुनै बुद्दीमानी हुनेछ यसले संविधानलाई थप दिर्घजिवी बनाउने छ ।

यस सॅंगै हाल नेकपामा देखीएको आन्तरीक कलहले आम नागरीकमा निरासा पनी थपीदै गएको देखीन्छ । पहीलेको ६/६ महिनामा फेरीने सरकार प्रमुखहरुबाट आजीत जनताले पक्कै पनी एउटै प्रधानमन्त्रीले पाॅंच बर्ष सम्म चलाओस भन्ने चाहाना नेकपाको लोकपृिय चुनावि नारा तत्कालिन समयमा केपी ओलीले राष्ट्र राष्ट्रीयता र भारतको हर्कत बिरुद्द गरेको प्रतीकार मुख्य थियो ।

सो जनमत र जनअपेक्षा विपरीत प्रधानमन्त्री परीवर्तन गर्ने चलखेल , प्रधानमन्त्री बिरुद्दको षडयन्त्र र पार्टी फुटाउने सम्मको चलखेल बाहीर आएपछी आम जनता , कार्यकर्ता र शुभचिन्तकहरु सडक सम्म आईपुगेका छन् र पर्टी एकता स्थाई सरकारको माग गर्दै सडक संघर्समा छन ।

जनता यसरी सडक संधर्समा आउनु पक्कै पनी राम्रो होईन नेकपाका लागी । नेकपाले तत्कालिन अवस्थामा सरकार परीवर्तन गर्नै खोजेको हो भने जनमतको अवमुल्यन हो ।जनता र कार्यकर्ताको स्थाई सरकारको मागलाई नेकपाका शिर्ष नेताहरुले समयमै सम्बोधन गर्नु जरुरी छ । यसरी स्थाई सरकारको माग गर्दै जन संघर्स बाट पार्टी भित्रै पनी यसबारे फुट होईन जुट्नु पर्ने जनदवाव परेको देखीन्छ । यसबारे नेकपा भित्रका नेताहरुले समयमै सोच्नु जरुरी छ । स्वयंम अध्यक्ष द्वयपनी यसबारे राम्रै जानकार हुनुपर्दछ । दुबैले यसबारे पनी गहन भएर सोच्नै पर्दछ ।

अहीलेको सडकमा भईरहेको सडक आन्दोलनको पार्टी भित्रकै केही तप्काले विरोध गरीरहेका छन । आरोप प्रत्यारोप गरीराखेका छन । यो राम्रो पक्ष होईन । यसले पार्टी र संगठनलाई झन कमजोर बनाउछ ।

अर्को सकारात्मक पाटो यो विरोध संगै नेता कार्यकर्तामा हार्दिकता पनी देखियको छ । उनिहरु पार्टीभित्र फुट होईन एकता चाहान्छन दुबै पक्षको जित चाहान्छन र उनिहरुलाई राम्रोसंग थाहा छ फुटमा होईन जुटमा जित छ ।

यो बिरोधाभास, यो अन्यौलग्रस्त अवस्थामा सामाजिक संजाल मा केही रोचक केही घोचक कुरा हरु पढन पाईयो । एउटा अनौठो कुरा के भने सामाजिक संजालभरी पक्ष विपक्ष भईरहदा युवासंघ नेपालका संयोजक राम प्रसाद सापकोटा ‘’दिपशिखा ‘’ र सह-संयोजक रमेश पौडेल विच कुनै जुहारी देखीयन । दुबैमा हार्दीकता देखीयो । देखियो मात्र एक आपसका कुराहरुमा सहमती सहकार्य र एकता मात्र । दुबैका सामाजिक संजालमा आउने विचारहरुमा सरकारको निरनतरता र पार्टी एकतामै जोड दियको देखिन्थ्यो र देखिन्छ पनी । सायद यि दुबै युवा नेतहरुले बुझेको हुनुपर्छ एकता र हार्दिकतामा जस्तो बल कहि कतै हुदैन ।