दुर्लभ प्रशासकको उदाहरणिय जीवन यात्रा

सामाज वा राष्ट्रमा हरेक आचरण व्यवहार र सिद्धान्त भयका ब्यक्तीहरु हुन्छन कतिले समाज र राष्ट्रलाई उच्च स्थानमा राखेर काम र कर्तव्य निर्वाहा गरीराखेका हुन्छन भने कतीले बदनाम । समाज र राष्ट्र भन्दा व्यक्ती ठुलो हो भन्ने सोच भयका ब्यक्तीहरुले गरेका कुकृत्यका कारण स्वयंम आफुलाई बदनामित गरीराखेका छन भने उनिहरुकै कारण समाज र राष्ट्रपनी बदनामित भईराखेको छ ।व्यक्ती होईन समाज र राष्ट्रनै सर्वपरी ठान्ने व्यक्तीहरु कम भयकै कारण आज जताततै अन्योल, अराजकता र असहिष्णुता बढीरहेको छ ।

यसो भन्दैमा सबै खराब छन भन्नेपनी होईन । कतीले गरेका उदाहरणिय कामहरुकै कारणले समाज र देशको शिर उच्च नभयको पनी होईन ।

आम पाठक , आम नागरीकहरुलाई थाहा भएकैकुरा हो दुर्लभ भनेको के ? जुन थोरै मात्र छ , जो उदाहरणीय छ , जुन चिजलाई औलामा गन्न सकीन्छ, वा जसले गरेका कर्महरु प्रसंसनिय छन ,नयाॅंछन अरुलेपनी पछ्याउन लायक छन ।

लेखक : राजन अधिकारी

 

हो आज, त्यस्तै दुर्लभ पात्र , दुर्लभ प्रशासकको बारेमा चर्चा गर्नेछु । जसको जिवन कथा, जिवन संघर्स र जिवनीबाट तमाम व्यक्तीले सकारात्मक पाठ सिकुन र समाजमा सकारात्मक संदेश प्रवाहा होस्।तपाईहरुलाई लाग्ला , ब्यक्ती वा कुनै प्रशासक दुर्लभ हुन सक्छ र ! लोप हुन लागेको वा अस्तित्वको अन्तिम चरणमा रहेको चिज , वस्तु र जिवन पो दुर्लभ हुन सक्छ ! मैले आज तपाईहरुलाई यि सबै भन्दा फरक आचरण , चरीत्र र ब्यवहारमा भयको दुर्लभताको चर्चा गर्ने छु । जुन दुर्लभताले समाज ,राष्ट्र र राष्ट्रीयता परीवर्तनमा अतुलनिय योगदान दिईरहेको हुन्छ।

 

सायद, आम नागरीकसमाज, प्रशासक, राजनितिज्ञ र यो देशको भुगोलभित्र बाहीरका अधिकांस व्यक्तीहरुमाझ चिरपरीचित नाम हो ‘’लिलाधर अधिकारी’’। सबैको पृय ब्यक्ती पनी हो उहाॅं । एक कुशल प्रशासक , कुशल सेवक र कुशल ब्यवस्थापक लिलाधर अधिकारीको जन्म विसं २०२८ साल आश्विन २ गते कास्कि जिल्लाको माछापुछ्रे ४ लाहाचोकमा भयको थियो ।कास्की कै गौरीसंकर मावि बाट २०४३ सालमा एस.एल.सि गर्नु भयका अधिकारीले त्रीभुवन विश्वविध्यालयबाट MBA . MPA मा मास्टर डिग्री सम्मको अध्यन गर्नु भयको छ । यस संगै अन्तराष्ट्रीय विकाश नितीमा दक्षिण कोरीयाको सियोल नेश्नल युनिभर्सिटी बाट डिग्री सम्मको अध्यन गर्नु भयको छ । उहाॅं कानुनको पनी ज्ञाता हुनुहुन्छ । उहाले कानुनमा स्नातक सम्मको अध्यन पुरा गर्नु भयको छ ।

पारीवारीक हिसावले मध्यम वर्गीय परीवारमा जन्मिनु भयका अधिकारीका श्रीमती दुई छोरी र एक छोरा हुनुहुन्छ । परीवार र गाॅंउघरमा अत्यन्तै सालीन , सरल , र सहयोगी ब्यक्तीको रुपमा परीचित अधिकारी २०५४ सालमा तत्कालिन लाहाचोक गाविसको गाविस अध्यक्षमा निर्वाचित गाविस अध्यक्ष पनी हो । गाविस अध्यक्षमा निर्वाचित हुॅंदा उहा जम्मा २५ बर्षको हुनुहुन्थ्यो । २०५४ देखी २०५९ सम्म गाविस अध्यक्ष भयर समाजसेवा गर्नु भयका अधिकारी त्यतीवेलानै त्यस क्षेत्रको चर्चित व्यक्ती हुनुहन्थ्यो ।

आफ्नो राजनितिक यात्रालाई त्यहिबाट विराम लगायर २०५९ साल फाल्गुनमा साखा अधिकृतको पद बाट सरकारी सेवामा प्रवेस गर्नुभयका अधिकारी तत्काली समयमा राष्ट्रीय योजना आयोगको सचिवालयमा साखा अधिकृतको जिम्वेवारी समाल्नु भयको थियो ।

२०७२ सालमा गयको भुकम्प पश्चात गृहमन्त्रालय मातहतको आपतकालीन ऊद्दारसेवामा कार्यसम्पादन समेत गर्नुभयका अधिकारी १० बर्ष जेनेभा / WTO र उधोग वाणिज्य क्षेत्रमा लामो अनुभव प्राप्त व्यक्ती पनी हुनुहुन्छ । उहाॅंले कारागार र अध्यागमन विभागको पनी महत्वपुर्ण जिम्वेवारी समालीसक्नु भयको छ ।

२०७२/७३ मा बैतडी जिल्लाको प्रमुख जिम्वेवारी सम्हाल्नु भयका अधिकारीले थुप्रै जनपछीय कामहरु गर्दै आउनु भयको छ । त्यहाको शान्ती सुरक्षा , विकास निर्माण ,त्यहाको सरकारी सेवालाई गाॅंउ गाॅंउ पुर्यायको , शुशासन कायम गराउन ठाउ ठाउमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको र त्यहा रहेका विकृती विसंगतीहरुलाई हटाउनमा उहाको महत्वपुर्ण भुमिका रहेको त्यस जिल्लाका वुद्दीजिवीहरु बताउछन । उहा एक कुशल प्रशासक र जनताको अभिवाबक भयको बैतडीका जनताको भनाई छ।

त्यस पछी म्यग्दी र धादिंगमा साहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको भुमिका निर्वाहा गरी सक्नु भयका लिलाधर अधिकारीले ति जिल्लाहरुमा पनी उदाहरणीय काम हरु गर्नु भयको छ । म्याग्दी जिल्लामा रहदा उहाॅंले एउटा नमुना योजना ल्याउनु भयको थियो । त्यो हो हेलिप्याड निर्माण गर्ने । म्याग्दी जिल्लामा रहेका ४५ वार्ड मध्य ३३ वटा वडामा हेलीप्याड निर्माण गर्ने उहाॅं देशकै पहीलो प्रशासक पनी हो । जसको निर्मणबाट दुर दराजमा रहेका र स्वास्थ्य सेवाबाट बन्चित जनताका लागी हवाईसेवाको सहजता भयको थियो भने ईमर्जेन्सी सेवा र स्वास्थ्य सामाग्रीको ढुवानीमा सहजता भयको छ । यसैगरी धादिंगमा पनी उहाले गर्नुभयका प्रसस्तै उदाहरणिय कार्यले गर्दा म्याग्दी र धादींग बासीकालागी उहा एउटा भगवानकै रुप भयको त्यहाका जनताले बतायका छन ।

यसैगरी अध्यागमन विभागका डाईरेक्टर राम चन्द्र तिवारीले , उहाॅं अत्यनतै मेहनेती ,मिलनसार र पेषा प्रती अनुशासित व्यक्ती भयको वताउनु भयो । जनतासंग घुलमिल हुन रुचाउने र आफ्ने जिम्बेवारी बहन गर्न अत्यन्तै लगनसिल भयर लाग्ने बानी भयका अधिकारी एक निष्ठावान प्रशासक भयको समेत उहाॅंले बताउनु भयको छ ।

जादा स्वागत र फर्कदा रुवायर फर्कने देशकै एक जनपछीय प्रशासकमा पर्नुहुन्छ लिलाधर अधिकारी । जनता संग घुलमिल हुन रुचाउने सरल, आत्मिय र जनताका समस्यामा तत्काल परीचालीत हुने बानीकै कारण उहाॅं जनतामाझ अत्यन्तै लोकपृय हुनुहुन्छ ।जिवनलाई सोचने , बुझने उहाको फरक दृष्टीकोण छ । उहाॅंका अनुसार , ‘’सकारात्मक सोचकासाथ अघिबढनु पर्ने र मानव जातीको विकासकालागी गर्ने गतिशिल अस्तित्व नै जिवन हो’’ जिवनमा केही नयाॅं गर्नु पर्ने र त्यो आफ्नालागी नभई समाज र राष्ट्रको सर्वपरी हित हुनेगरी हुनुपर्ने र यसका लागी सबैले आ-आफनो ठाउबाट सकेको योगदान गर्नुपर्ने उहाको भनाई छ।

एउटा प्रशासकको महत्वपुर्ण जिम्मेवारी भनेको शान्ती शुरक्षाको व्यवस्थापन, शुसासन कायम गर्नु मात्र नभई आम जनचासो लाई सम्बोधन गर्दै जनताको मर्म अनुरुप अगाडी बढनु पर्ने र यी यावत कुराहरुमा प्रशासक चनाखो र चतुर हुनुपर्ने उहाको भनाई छ ।

हाल बर्दीया जिल्लाको प्रमुख जिल्ला अधिकारी रहनु भयका अधिकारीले जनतामा चेतनाको स्तर विकास गर्नु पर्ने , सामुदाईक बस्ती स्तरमै नागरीक शिक्षा लागुगर्नु पर्ने र सदरमुकाम केन्द्रीत कार्यपद्दतीलाई व्यवस्थापन गरेर संघिय सरकारको अवधारणा अनुसार सेवा प्रवाह गर्नुपर्ने , यस कुरालाई अभियानकै रुपमा चलाउनु पर्ने र संघियताको मर्म अनुरुप स्थानीय सरकारहरुलेपनी जनताको घरदैलोमै सेवा प्रवाहा गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनु हुन्छ ।

सबैतहका सेवाहरु लाभान्वित वर्गले थाहा नपायको प्रती दुखी हुदै अधिकारीले स्थानिय सरकारी सेवाको सामाजिक बजारीकरण गर्नु पर्ने , कुनैपनी प्रशासक केन्द्रमुखी नभयर जनमुखी हुनुपर्ने र ग्रामिण वस्ती वस्तीमा घुम्ती सेवा प्रवाहा गरीनु पर्ने उहाको भनाई छ । यसका लागी आफुले आवस्यक कदम चालीरहेको समेत उहाले बताउनु भयो ।

बर्दीया जिल्लामा कार्यरत अधिकारीले बर्दीया जिल्लाको समग्र विकाशकालागी आफु लागीपरेको बताउनु भयको छ । यहाॅं थुप्रै संभावना र चुनौति छन त्यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौती आफुमा रहेको र सहजै तरीकाले समाधान निकाल्ने उहाको भनाई छ । यसका लागी जनतालाई साथसाथै लियर अगाडी बढने र जनताबाट आफुलाई पुर्ण सहयोग रहने विस्वास पनी उहाले ब्यक्त गर्नुभयो ।

कृषिको भण्डार मानिने बर्दीया आन्तरीक र वाह्य पर्यटनको प्रचुर संभावना बोकेको ठाॅंउ हो यो पोखरा र सौराहा जस्तै पर्यटकीय हव भयको जिल्ला बन्न सक्छ यहाॅं अनगिन्ती तालतलैयाहरु छन , राष्ट्रीय निकुन्ज छ , बबै नदी र कर्णाली नदी यहीछन यसकारण यस जिल्लालाई पर्यटकीय हव बनाउन सकिन्छ भन्दै उहाॅंले यहाका अनगिन्ती गाॅंउहरुलाई ‘’फिसिगं भिलेज’’ को रुपमा विकास गर्न सकीने र यसका लागी आफुले सबैसंग सहकार्य गरीरहेको पनी बताउनु भयको छ ।

 

यस संगै अवैध चोरी निकासी , पैठारी र लागुऔषध नियन्त्रणमा आफु कडाईका साथ लाग्ने बताउनु भयो । जिल्लामा चुनौतिको रुपमा रहेको बाढीबाट हुनसक्ने डुबान र क्षतिबाट सुरक्षित रहन विपद उत्थानशील समुदाय निर्माण गर्न जरुरी रहेको समेत उहाले बताउनु भएको छ ।

 

जाहाॅं गयो त्यही अत्यन्तै एकाग्रताका साथ खटीईरहने अधिकारीको यही बानी नै सबैभन्दा बढी लोकपृय छ । जो ब्यक्ती निरन्तर जनता संगै , जनताकै सेवामा खटीईरहन्छ त्यसलाई कस्ले मन नपराउला र ! आफुमा म ठुलो भन्ने दम्भ नभयपछी सबैको प्यारो किन नहोला र ! रुचाउने पनी यस्तै ब्यक्ती लाई त हो नि ! आउदा खुसी हुने र जादा रुनुपर्ने कारण पनि त यही हो नि !देशैभरका प्रशासक हरुले सिक्नुपर्ने कुरा यही छ। लोकपृयता खोज्ने होईन गरेर आर्जन गर्ने कुरा हो । जनतामा जनता जस्तै भयर गर्ने व्यवहार हो र जनताको पृय भयर जनता खुसी भयर दिने उपाहार हो ।

तसर्थ जनताको सेवा गर्ने हरेक ठाॅंउमा रहेका हरेक व्यक्तीले क्षणिक स्वर्थमा नअल्मलीकिन जनताको सेवक भयर काम गरेमा अवश्यपनी समाज र देशले प्रसंसा गर्ने छ । आत्माले संतुष्टी प्राप्त गर्नेछ र स्वयंमले आत्मासंन्तुष्टी प्राप्त गर्नेछ ।सायद आत्मासंन्तुष्टी जस्तो जिवनमा कुनै स्वर्गीय आनन्द छैन । धन क्षणिक हो , जिवन क्षणिक हो ।