सरकारले गर्यो कोरोना सम्बन्धी ५ महत्वपूर्ण निर्णय, भोलीदेखि लागुहुने

विराटनगरमा थपिए १३ जना संक्रमित
प्रकाशित मिति: बिहिबार, साउन २२, २०७७ समय: ७:४८:५१

विराटनगर /लको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा ५ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ संक्रमितहरू विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ नं. वडाका छन् । उनीहरुको रिपोर्ट बुधबारराति प्राप्त भएको हो ।

महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजिका लागि बिहीबार बिहानबाटै टोली खटिएको बताए । बेलुका ढिलो गरि रिपोर्ट आएको हुदाँ महानगरको टोली बिहीबार बिहानैबाट संक्रमित व्यवस्थापनका लागि खटिएको उनले बताए ।

संक्रमित मध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १८३ पुगेको छ ।

महानगरपालिकाभित्र वडा नम्बर ५ र वडा नम्बर ९ का दुई संक्रमितको मृत्यु भएको छ । प्रदेश २ बाट उपचारका लागि ल्याइएका दुई जनासहित प्रदेश १ मा मृत्यु भएको संख्या छ पुगेको छ । प्रदेश २ का दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।