राजनिती र निगरानी जे देख्यो त्यही लेख्दा

तपाईहरु कुन र कस्तो कुरामा विश्वास गर्नुहुन्छ ? सुनेको वा देखेको ? विश्वास गर्ने तरीका व्यक्तीपिछ्य फरक-फरक हुन्छ र विस्वास दिलाउने पात्रहरुपनी फरक-फरक हुन्छन । कसैले झुट कुराको विश्वास दिलाईरहेको हुन्छ भने कसैले आफ्नो फाईदाको लागी र कसैले सबैको फाईदाको लागी । विश्वास गर्ने र विश्वास दिलाउने कुरा जसले सुनाईरहेको छ र सुनीरहेको तिनैमा निर्भर रहन्छ । विश्वास पनी कसैले साथिको कसैले आफन्तको विश्वास गरीरहेका हुन्छन ।

सुनाईमा वा देखाईमा कुन कुरामा कत्तीको बिस्वसनियता हुन्छ त्यो कुरा त स्वयंमले नै पहीचान गर्न सक्नु पर्दछ । आज म त्यस्तै एउटा फरक तर समसामयिक विषय वस्तुहरुमा मैले जे देखे त्यही लेख्ने प्रयास गर्दै छु । यो हो आफ्नै ॲाखाले देखेको र प्रतक्ष सुनेको आफ्नै विश्वास ।

सबै भन्दा पहीले राजनितीक प्रसंगबाट नै सुरुवात गरौ । राजनिती राज्यको मुल निती जसले अवस्था , व्यवस्था को परीवर्तनमा महत्वपुर्ण तथा मुख्य भुमिका निर्वाहा गरेको हुन्छ। आज त्यै थलीयको अवस्थामा छ । सिथिल छ । भाडीयको छ । अन्यौलतामा छ र व्यक्तीगत आकांक्षाको माहाभुमरीमा धुलोधुंवाको अन्धकारभित्र निकासको खोजिगरीरहेको छ। गुठ उपगुठहरुमा विभक्त छ । लाग्छ माहाभारतको युद्द हुनुपुर्व , कृष्णले अर्जुनलाई गिता ज्ञान दिनुपुर्वको अर्जुनको छटपटी जस्तै छटपटाई रहेको छ ।

आज म दुई पात्र पछाडीका अन्य पात्र भित्र लुकेको प्रवृतिको लडाईमा रुमल्लीरहेको नेपालको अन्योलग्रस्त राजनितीमा मैले जे देखे ठ्यक्कै त्यै लेख्दै छु । देख्दा अचम्म लाग्छ । के को लडाई ? कस्का लागी यत्रो आरोप प्रत्यारोप ? गुठ उपगुठ किन ? यात्रामा अवरोध किन ? अनेकन अनुत्तरीत प्रश्न को जवाफ खोज्दा खोज्दै थाकीसकेका ॲांखा र उत्तर खोज्दै छटपटीईरहेको मनसपटल दिक्क छन ।

 

                 राजन अधिकारी

सुरुवात भैसकेको यात्रा विचमा किन अक्कडमा छ । यो शकस पुर्ण अवस्थाको सिर्जना गर्ने र भाई-भाई विचको मारामारको स्थिती बनाउने भरीयाहरु पानीमाथि कैलेसम्म तैरीरहनेहुन । कि खोला तर्नु पर्यो कि पछाडी फर्कनु पर्यो । डिलमा बसेर कतिन्जेल हेर्नु ।

यो अक्कड र अवरोध बिच जनताको समस्या जाहाको तही । जनताको बारेमा सोच्ने सम्म फुर्सद छैन । कोरोना र बाढी पहीरो बाट आजित जनता अत्यासको स्थितीमा कैले सम्म बाॅंचिरहने । जनता हास्ने कैले ।खुसिसंग बाॅंच्ने कैले र रमाईलोमा नाॅंच्ने कैले ।यि सबै परीस्थितीको मुख्य दोसी को ? यो लडने लडाउने बेला कि एकभयर हिडने बेला !

मलाई प्रचण्डले मेरै ॲाखा अगाडी एक टेलीभिजन च्यानलमा दिनुभयको अन्तरवार्ता अझैपनी मेरो मनसपटलमा ताजा छ । उहाॅंले सो अन्तर्वार्तामा भन्नु भयको थियो । ‘’राम्रो काम गर्न खोज्यो गर्न दिदैनन, गर्यो जहिले पनी खुईल्यायको छ , नंग्यायको छ यसो भयन भनेको छ उसो भयन भनेको छ जहिले पनि पछाडी लाग्यको लाग्यै छ ‘’भन्दै प्रतीप्रश्न गर्नु भयको थियो के गर्न खोजेको यो ? राम्रा कामको कहिले प्रसंसा हुने भन्दै आफ्नो आक्रोस ब्यक्त गर्नु भयको थियो । उहाॅंको यो भनाईबाट पनी अहीलेको यो सरकारलाई प्रचण्डको पुर्ण समर्थन छ । यो राजनितिक विषमं परिस्थितीको योजनाकार प्रचण्ड र ओली होईनन् । यहाॅं योजनाकारहरु अरुनै छन । जसले प्रचण्ड र ओली माथि दोस थुपारी राखेका छन । ब्यवस्थामाथी प्रश्न उठाईराखेका छन् ।

प्रधानमन्त्री ओलीले पनी धेरै अंन्तरवार्ताहरुमा भनीसक्नु भयको छ । ‘’मिल्नु र मिलेर जानुमा विकल्प छैन पदको होईन पद्दतिको विकाश गरौ’’ सबैले सबैमा आत्मासमिक्षा गरौ अघि बढौ । कसैको बहकाउमा लागेर वा संख्याको आधामा पद्दतीलाई भत्काउन खोज्नु आफैतिर आत्मघाती गोल गर्नु जस्तै हो । उहाॅंको भनाई पनी आम जनताकै पक्षमा छ । विधी र पद्दती कै पक्षमा छ ।

यि दुई अध्यक्षहरुलाई यो राजनितिक विषमं परीस्थितीको नाईकेको रुपमा अग्रस्थानमा राखीयको भयतापनी यो सब भाॅंडभैलो मचाउने र मिल्न नदिने नाईकेहरु पर्दापछाडी छन । उनिहरुको क्षणिक स्वार्थकालागी अनेकन तानाबानाहरु बुनिरहेका छन । राष्ट्र र राष्ट्रीयतालाई नै कमजोर पारीरहेका छन । कतीलाई त जनताले चिनिसके र कती चिनिन बाॅंकी नै छन । यिनीहरुलाई हेक्का छ कि छैन बन्चरो ले आफैले आफ्नै खुट्टामा हानिरहेको । चोट लागीसकेपछी पक्कैपनी छटपटाउने छन ।

प्रधानमन्त्री ओलीले गर्नु भयका राम्रा कामहरुबाट अत्तालीयका हरुबाट यि सब गतिबीधी भईरहेको घाम जस्तै छर्लंगै छ । जनताको जनमतको कदरगर्न नसक्नेहरु र जनतामाझ जान नसक्नेहरुले नै यो बितण्डा मच्चाईरहेका छन । कस्ले यो सब गरीरहेको छ । जनताले चिन्नु पर्छ र उचित समयमा उचित छिनोफानो गरीदिनु पर्दछ । ताकि बितण्डा मचाउनेहरु सदाको लागी साधु बनुन् ।

त्यसैले बिग्रेकोलाई मिलाउनु पर्नेमा बिगार्न खोज्नु आफ्नैलागी घातक हुनेछ । सहमती सहकार्य र एकतामा जस्तो वल कही कतै हुदैन । बिग्रह होईन एकाग्र खोजौ । ब्याक्ती होईन ब्यवहारमा सुधार गरौ । सबै आफ्ना हौ आफ्नै सोचेर ब्यवहार गरौ । संयम बनौ संयमता अपनाऔ ।

अब अलिकीति विकासे गतीविधी तिर जाऔ । सरकार चाहान्छ दिगो विकाश तर स्थानीय निकायहरु गरीरहेका छन कामचलाऊ विकाश । २० लाखको बजेट काम सम्पन्न ८ लाखमा बाॅंकीरकम बाॅंडीचुडी बिल अडिट सबै मिलायर झ्वाम । सबै मौन । सबैलाई मस्ती । बिरोध गर्ने र बोल्ने ॲाखाको तारो । बोल्यो कि उसको सेरोफोरोमा विकासे काम बन्द । सचेत नगरीक आजित ।

जसले चाकडी गर्यो मह चाटीहाल्यो । घर भित्रकै समुह,समिती बजेट सब उसैको । बिचको एजेन्ट । सहजकर्ता । मिलायो प्रसेन्ट तोक्यो बाडीचुडी लगभग आधा झ्वाम ! काम गर्न खोज्ने निरास । निरास मात्र होईन ब्यबस्था प्रती नै निरास । अर्को चुनावको प्रतीक्षा तर पात्र उस्तै आउने पक्का ।

यो पक्कै पनी सरकारको नियत हुदैहोईन तर यीनै कारणले सरकार आलोचित । पुर्याउने कोहीछैन । पुगेपनी सही कुरा पुग्दैन । यदी पुगीहाले पनी कर्यकर्ता आफ्नै । सकश माथी सकश ।

अख्तीयारको अत्तो छैन । नाम छ काम छैन । एजेन्टले औजार पुर्यएपछी उ मनी मौन । उसलाईपनी तारो बन्न केको रहर ! बरु सगोल मै मिसिय पछि मसला पाईने । चाडपर्व चलीरहने । तरकारी पाकीरहने ।

कसैलाई कसैको डर छैन । भ्रष्ट विचौलिया र मिलाउनेलाई चिनजान परीचयको धमण्ड छ । फलानो मन्त्रीलाई चिनेको छ वा कती पियहरुसंग पनी उसको चिनजान छ । र नेताहरु सॅंग त उसको प्रत्योकदिन कुरा भईरहन्छ । ढुक्क छ जे गरेपनी मिलीहाल्छ मिलाईहाल्छु । उसलाई लागेको छ प्रहरी प्रसासन त नेताहरुका गार्डहरु हुन मानीहाल्छन ।

मैले यो सब आखाॅंले देखेको यथार्थ बताउनुको मुख्यकारण वर्तमानमा चलीरहेको समाजको सामाजिक परीदृष्य हो । जसको कारण नियमन गर्ने निकायले नियमको पालना नगर्नु । कानुन फितलो हुनु र चाकडीबाज लाई प्रसय दिनुनै मुख्य कारण हो ।

एउटा अघाई रहने र अर्को भोकै रहने हो भने यो सब परीवर्तन केका लागी र कस्का लागी ? समानता र सहअस्तित्वको लडाई कैले सम्म ? ब्यवस्थामा परीवर्तन भयपनी अवस्थामा परीवर्तन कैले आउने ? यि सब अनुत्तरीत प्रश्नको उत्तर कस्ले कहीले दिने ?

तसर्थ राज्यका तमाम निकायहरु समयमै सतर्क र सचेत हुन सकेनन् भने राज्य र ति निकायहरु प्रती जनतामा वितृष्णा छाउने छ । भ्रष्टचार र भ्रष्टचारीहरुको कब्जामा राज्य हुनेछ । राज्य संयन्त्र हरु असफल हुदै जाने छन र ब्यवस्था नै दुर्घटनामा पर्न सक्ने खतरा छ ।समयमै सतर्क बनौ , निगरानी बढाऔ र सबैमा सहज पहुॅंचको ब्यवस्थामा जोड दिऔ ।