रंगेलीकाे आईसुलेसन पुरै खाली

भदौ २० शनिबार/रबिन्द्र बराल ,माेरङकाे रंगेली नगरपालिका ले जनता क्याम्पस मा स्थापना गरेको आईसाेलेसन शनिबारदेखि खालि भएको छ । उक्त आईसुलेसनमा १५ दिन अगाडि काेराेना पाेजेटिव फेला परेपछि उनिहरु लाई आईसुलेसनमा राखिएको थियोे । उनिहरुकाे १७ गते पिसिआर टेष्ट गरिएकोमा शनिबार आएकाे रिपाेटमा नेगेटिभ आएपछि ३ जना लाई घर पठाए पछि आईसाेलेसन खालि भएको छ ।

नगरपालिकाले रंगेली मा काेराेना बडेपछि साउन २५ गते जनता क्याम्पसमा सय बेड काे आईसाेलेसन स्थापना गरेको थियो । हाल सम्म रंगेलीमा १ सय २२ जना काेराेेना पाेजेटिव का बिरामी फेला परेका थिए । अहिले सबै जना काेराेना जितेर घर समेत फर्किएकाेे स्वस्थ्य शाखा प्रमुख भुपेन्द्र प्रसाद मंण्डल ले बताए ।