जनताको नजरमा आशा, भरोसा र विस्वास पात्र, “सधै अमर रहने अमर”

जसमाथि आशा हुन्छ,उस प्रती सधै भरोसा हुन्छ र जसले भरोसा दिलाउन सक्छ उ सबैको विस्वास पात्र पनी बन्न सक्छ । उसले गरेका सामाजिक कार्य, राजनितीक कार्य र सरकारको लक्ष्य अनुरुप समाज , राष्ट्रलाई दिईरहेको सकारात्मक योगदान वा चेतना र विकासका योजनाहरुबाट नै त्यो ब्याक्ती समाज र राष्ट्रकै लागी एउटा उदाहरणिय ब्याक्ती बन्न सक्छ । उसको राजनितीक यात्रा होस वा सामाजिक यात्रा जव उ जनताबाट अनुमोदित हुन्छ, जनताको भरोसा बन्न सक्छ त्यो ब्याक्ती सबैको प्रीय पात्र पनी बन्छ । समाजको साहारा बन्छ ।

आज म त्यस्तै असल समाजसेवी, जनताको अविभावक र एउटा कुसल राजनितिज्ञको बारेमा चर्चा गर्दैछु । जसलाई जनताले आफ्नो अगुवा ठान्छन् ,आफ्नो साहारा सोच्छन् र विकाशको संवाहाकको रुपमा चिनेका छन् ।

अमर साॅंउद सायद सबैले सुनेको नाम हो । नेकपा शुदुरपश्चिम प्रदेश सांसद कैलाली क्षेत्र नं ३ “ख” बाट निर्वाचित सांसद साॅंउद अत्यन्तै सरल, मिजासीलो र विकाशप्रेमी नेताका रुपमा परीचित नाम हो । जनताको काम र जनशेवामा निरन्तर खटीईरहने सांसद अमर सबैमाझ लोकपृय र प्रीय नेता हुनुहुन्छ । कहिल्यै कसैलाई नपीराउने र सामाजिक कार्यमा निरन्तर लागिरहने उहाॅंको स्वभावकै कारण सबैले अत्यन्तै रुचाउने ब्यक्तीका रुपमा समेत परीचित हुनुहुन्छ ।

राजन अधिकारी

शुदुरपश्चिमको शुदुर जिल्ला अछामको बाब्ला गा.वि.श वार्ड नं ४ मौडालीमा २०३१ साल भदौ २० गते जन्मनु भयका अमर साॅंउद बुवा प्रेम सिँह साॅंउद र आमा मातादेवि साॅंउद को कोख बाट जन्मनु भयको थियो । शुदुरको पाहाडी जिल्ला र जिल्लाको पनी विकट ठाॅंउमा जन्मनुभयका साॅंउद सामान्य परीवारमा जन्मनु भयको थियो । तिन दाजुभाई मध्यका जेष्ठ पुत्रको रुपमा उहाॅंको जन्म भयको थियो । अमर साॅंउद सानै उमेर देखी जिज्ञासु, अध्यनसिल र समस्यामा सहकार्य गर्नै स्वभावकै कारण सानैदेखी उहाॅंलाई सबैले रुचाउने उहाॅंका समकक्षी साथिहरु बताउछन ।

अछाम जिल्लाकै रा.प्रा.वि बाब्ला मा प्राथामिक शिक्षाको सुरुवात गर्नुभयका साॅंउदले त्रीपुराशुन्दरी मा.वि श्रीकोट बाट २०४९ सालमा एस.एल.सी सम्मको अध्यन पुरा गर्नु भयको थियो । त्यस पश्चात कैलाली बहुमुखी क्याम्पस बाट बि.बि.एस सम्मको अध्यन पुरा गर्नु भयको छ ।

नेकपा का नेता तिलक कुॅंवर र भिम रावलको राजनितीक कार्यक्रम, राजनितीक भाषण बाट आफुमा राजनितीक चेतनाको सुरुवात भयको बताउने अमर साॅंउद तत्कालीन समयमा अछाम जिल्लाकै श्रीकोटमा २०४८ सालमा भयको जे.वि टुहुरेको बृहत सास्कृतिक कार्यक्रमा बाट आफुमा थप राजनितिक प्रतीको लगाव बढेको बताउनु हुन्छ । तत्पस्चात मदन भण्डारीको शुदुरपश्चिम भ्रमण भिम रावल लगायतका नेता सहीतका नेताहरुले दियको पार्टी प्रशिक्षण अभियानमा सहभगी हुदैजाॅंदा आफुमा थप राजनितीक चेतना बढ्दै गयको उहाॅंको भनाई छ ।

आफुलाई २०४८ सालमा पहीलो पार्टी सदस्यता हाल नेकपाका नेता तिलक कुॅंवरले दियको स्मरण गर्दै नेता साॅंउदले त्यसपछी कैलाली अखिल जिल्ला सदस्य हुदै हाल यहाॅं सम्म पुगेको बताउनु भयो । राजनितिक यात्रामा अनेकन चुनौतिहरु सॅंग जुध्दै र चुनौतिहरुको समाधान निकाल्दै अघि बढनु पर्ने उहाॅंको भनाई छ ।

उहाॅं २०५६ सालमा कैलाली जिल्लाको रामसिखरझाला गा.वि.श वार्ड नं ७ मा बसाईसराई गरी आउनु भयको थियो । बराईसराई गरी कैलाली आउॅंदाको अनुभव सुनाउदा आखाॅंमा टिलपिल आसुॅं बनाउदै साॅंसद साॅंउदले अनेकन दुख्ख कष्ट, समस्या,अफ्ठ्याराका बवजुत आफुले संघर्श गरेको र आफु सामान्य परीवारको सदस्य भयको कारणले दैनिक जोहो गर्न समेत परीवारलाई निकै धौ धौ परेको बताउनु भयो । बुवा आमा र भाईहरुको रेखदेख पठनपाठनको को जिम्मा आफुमा रहेकोले धेरै कठिनाईका बाबजुत पनी आफुले निरन्तर संघर्श गरेको बताउनु भयो । परीवारकै गुजरा चलाउन केही बर्ष स्थानिय प्राईभेट स्कुलमा शिक्षण पेशामा समेत आवद्द भयको उहॅंको भनाई छ ।

तत्पश्चाच आम्दानीको कुनैपनी स्रोत नभयपछी के गर्ने भन्दै भौतारीदै हिडने क्रममा कहीले ईन्डीया जाॅंउ जाॅंउ लाग्ने कहीले केही ब्यापार गरौ जस्तो लाग्ने अनेकन सोच आउने जाने र सोचभयपनी आर्थिक अभाव हुने यावत समस्याले आफुलाई गाॅंजेको बताउदै उहाॅंले आफ्नै घरनजिकको छिमेकी लाल बा. चौधरीले ब्यापार गर्ने अनेकन उपायहरु सिकायको र ब्यापार गर्ने सोचबाट प्रभावित भयपछी सुरुवाती चरणमा ८ हजार रुपॅंयाबाट गल्ला खरीद बिक्री ब्यापारको सुरुवात गरेको स्मरण गर्दै आफुलाई ब्यपार ब्यवसायमा स्थानिय जनता स्थानिय ब्यापारी र ससुराली बाट धेरै सहयोग भयको उहाॅंले बताउनु भयको छ । हाल सबैको सहयोग र आफ्नो मेहनतले आज कुनै कुराको अभाव नरहेको र निरन्तर मेहनत परिश्रम गरेमा एकदीन सफलता हातपर्ने बताउदै उहाॅंले त्यसका लागी दृढ ईच्यासक्ती अनुशासित र निरन्तरता हुनुपर्ने उहाॅंको भनाई छ ।

जिवनलाई सिकाई र अनुभवको समिस्रण बताउने सांसद अमर ले जिवनमा कहिल्यै हार नमान्ने ब्यक्तीले मात्र जिवन लाई सरल र सहज बनाउन सक्ने बुझाई छ । त्यो राजनितीक क्षेत्र होस पारीवारीक,सामाजिक वा अन्य कुनै । जिवनलाई कसले कसरी बुझ्दछ त्यो उसको बुझाईमा भर पर्दछ । ब्याक्तीमा भर पर्दछ र सोचमा भर पर्दछ ।

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मंचको संस्थापक सदस्य, शहरी खानेपानि आयोजना अन्तर्गत दरख सुख्खड खानेपानी आयोजनामा ५ बर्षे कार्यकाल र नकरोड घोडाघोडी सहकारी संस्थाको संस्थापक अध्यक्ष भयर १२ बर्ष सम्म प्रतक्ष्य जनतासंग जोडीयर काम गरीसक्नु भयको छ । हरेक ब्याक्तीमा ईमान्दारीता, निष्पक्षता र निश्वार्थता भयोभने मात्र हरेकक्षेत्रले फड्कोमार्ने बताउदै अझ राजनीतीमा त झनै यो अपरीहार्य भयको उहाॅंको भनाई छ । दैनिक जसो गाॅंउगाॅंउमै पुगेर जनचासो सम्बोधन गर्ने साॅंउद जनताकै विचमा रहदाॅं आफुलाई रमाईलो लाग्ने उहाॅंको अनुभव छ ।

विकासे कुराको बारेमा बताउदै उहाॅंले विकाश देखावटी नभयर दिर्घकालीन र दिगो हुनुपर्ने र दुर्गम क्षेत्रका जनतालाई अगाडी ल्याउनु पर्ने उहाॅंको बुझाई छ । आफुले दुर्गम बाट सुगमतिर लक्षित गरेर विकासे आयोजनाहरु सुरुवात गर्ने गरेको र यो पाॅंच बर्षे कार्यकालमा आठओटा सडक कालेपत्रे गर्ने, हस्पिटल निर्माण गर्ने , गुणस्तरीय ब्यवस्थित क्याम्पस बनाउने , ब्यवस्थित हाटबजार निर्माण गर्ने, केही पक्कीपुलहरु निर्माण गर्ने र ४ ओटा खानेपानी आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य रहेको समेत जानकारी गराउनु भयको छ । यसकालागी सबैको साथ र सहयोग हुनुपर्ने उहाॅंको भनाई छ ।

प्रदेश सरकार र नगर सरकारको समन्वय भयमा विकासका धेरै अयोजनाहरु सम्पन्न गर्न सकीने र विकासलाई तिव्रगतीमा अगाडी बढाउन सकीने हुदाॅं प्रदेश सरकार र नगर सरकारको एकदमै घनिष्ट र सहकार्यमुलक समन्वय हुनुपर्ने समेत उहाॅंको भनाई छ ।कुनैपनी क्षेत्रमा एकले अर्कोलाई निषेध गरेर अगाडी बढेमा सरकारको दिगो विकाशको लक्ष्य हाॅंसिल गर्न नसकीने उहाॅंले वताउनु भयको छ । विकासे आयोजनामा पार्टीगत अथवा राजनितीक उदेश्य भन्दापनी सामाजिक विकास र जनअपेक्षालाई सम्बोधन हुनेगरी काम गरेमात्र यस क्षेत्रले विकासमा फड्को मार्नसक्ने कुरामा उहाॅंको जोड छ । उहाॅंले आफुले गर्ने र गरेका हरेक काम भविष्यमा आउने पुस्ताले समेत उपयोग र उपभोग गर्नेगरी गरीरहेको बताउनु भयो ।

२०५६ सालमा कमला साॅंउद सॅंग विवाहा गर्नु भयका साॅंउदका एक छोरा र दुई छोरी हुनुहुन्छ । पारीवारीक रुपमा पनी एक कुसल अविभावकका रुपमा परीचित साॅंउद धैरै समय जनतामाझ भयपनी परीवारलाई पनी उचित समय ब्यवस्थापन गरेको बताउनु हुन्छ । उहाकी धर्मपत्नि कमला साॅंउदका अनुसार उहाॅं एक कुसल श्रीमान भयको र जनचाॅंसोका विषयमा निरन्तर चिन्तित रहीरहने बताउनु हुन्छ । श्रीमानको काम बाट आफु संन्तुष्ट भयको बताउदै उहाॅंले जनताको शेवामा निरन्तर लागीरहन आफुले हरदम साथ दिईरहने बताउनु भयको छ ।

हो गरे के सकीन्न भन्ने एउटा ज्वलन्त उदाहरण पनी हुन प्रदेस सांसद अमर साॅंउद । जिवनमा अनेक ठेस, ठक्करहरुबाट ठोकीदै जाॅंदा जिवन जिउन लायक हुन्छ र सिकाईहरु पनी बढ्दैजाने निश्चित छ । अहिलेको युवापिढीले पनी उहाॅंको जिवन भोगाई र अनुभव बाट धेरैकुराहरु सिक्न सक्छन । सिक्न जरुरी पनी छ । सफलता हात पार्नका लागी पैसामात्र होईन निरन्तरको लगाव अनुशासन, ईमान्दारीता र दृढ ईच्याशक्ती पनि हुनुपर्छ भन्ने गतीलो उदाहरण पनी हो यो

तसर्थ सिढी चढनकालागी खुडकीलाहरुको आवस्यकता परेझै सफलता हात पार्नकालागी जिवन बुझ्न जरुरी छ । जिवनका न्युनतम आवस्यकतालाई प्राथामिकता दिनु जरुरी छ । लगनसिलता र ईच्याशक्ती हुनु जरुरी छ । यि सबैकुराहरु को सही ब्यवस्थापन गर्न सक्यो विस्वास जित्न सक्यो भने पक्कैपनी सफलता निश्चित छ । यि सबै कुराहरुले तपाई हामी लाई पनी हरेकको साथ समर्थन र सहयोग को सुनिश्चितता गर्दछ । जिवन जिउने एउटा गतीशिल बाटो देखाउछ । प्रदेश सांसद अमर साॅंउदको जिवनीबाट हरेकलाई यो बाटोमा हिडन प्रेरीत गर्ने निश्चित छ ।