रंगेली प्रहरी द्वारा डेढ लाख बराबरको पटका बरामद

कार्तिक २८ शुक्रबार/रबिन्द्र बराल,नेपाली हरुकाे महान चाड दिपावली तथा छट पर्व नजिकिदै जाँदा भारतीय सिमा बाट पटका पटकाजन्य वस्तु हरु तस्कर हरु ले भित्र्याउन थालेका छन ।ईलाका प्रहरी कार्यलय रंगेली ले आफ्नो मातहत मा रहेको विभिन्न चाैकि तथा नाका हरु बाट नेपाल मा प्रतिवन्धित बिष्पाेटक पटका हरु विभिन्न समयमा पक्राउ गरेको थियोे ।

नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा सो ५ बाेरा पटका प्रहरी पक्राउ गरेकाे हाे । साे बाेरामा खुर्सानी पटका, झिरझिरे, चक्र , फुलझरि लगायत बरामद गरेको र उक्त पटका काे बजार मुल्य डेर लाख रुपैयाँ बराबरको रहेको र बरामद गरिएको पटका बिहीबार प्रहरी , जनप्रतिनिधि ,स्थानीय हरु काे राेहवरमा डिस्पोजल समेत गरिएको सस्त्रप्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनामाेल खड्काले बताए।