वडा अध्यक्ष महेन्द्र ठाकुर द्वारा दिपावली तथा छठको शुभकामना व्यक्त

२८ कार्तिक / नवलपरासी पश्चिम,रामग्राम नगरपालिका वडा नं ८ का वडा अध्यक्ष तथा समाजसेवी महेन्द्र ठाकुर द्वारा हिन्दू धर्मावलंबीको असत्य माथि सत्यको विजय, शुभ दिपावली तथा छठ पर्वको अवसरमा सम्पुर्ण वडाबासीमा शुभकामना व्यक्त गर्नुभएको छ।

ठाकुरले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनीहरूमा महत्त्वपूर्ण चाड शुभ दिपावली धनतेरस देखि शुरूवात हुने भएकाले सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका हुन ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव देखिएकोले कोरोना भाइरसको संक्रमण बाट अाफु बच्नु र अरु लाई बचाउनु हामी सबैको कर्तव्य रहेकोमा जोड दिनुभयो । साथै कोरोना भाइसर नियन्त्रणका मापदण्डअनुसार आफ्नो स्वास्थ्य प्रति सजग भई भिडभाड नगरि चाडपर्व मनाउन सबैमा अाग्रह समेत गर्नु भएको छ ।