नवलपरासीमा पुजारीको हत्याको अभियोगमा एक भारतीय नागरिक पक्राउ[फोटो फिचर]

रबिन्द्र यादव / नवलपरासी पश्चिम,३० कार्तिक:नवलपरासी पश्चिममा पुजारीको हत्याको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन ।शुक्रवार उक्त घटना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा स्थित देश भारत जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्य ( कोइरी ) लाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

घटनामा संलग्न अभियुक्तको मृतकको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले हत्या गरेको मौखीक बयान बाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई सम्मानित अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।यहि कार्तिक ९ गते नवमीका दिन सुस्ता गाउँपालिका वडा नं ४ नर्सही पश्चिम टाँडी स्थित रहेको हनुमान मन्दिरका ७२ बर्षिय पुजारी मुहँगु केवटको घरेलु हतियार हसियाले हत्या भएको थियोे । घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न हिन्दु संगठन प्रशासनलाई दबाब दिदै अाएका थिए ।

विश्व हिन्दु परिषद्ले प्रधानमन्त्री केपी शर्मा अोली लाई ज्ञापनपत्र समेत बुझाएका थिए । एसपी अजय केसी र इलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमानन्द पाण्डेको विशेष पहलमा पुजारीको हत्यारालाई पक्राउ गर्न सफल भएको बुझिएको छ । कही समय अगाडि रौतहटमा पनि एक पुजारीको गोली हानी हत्या भएको थियोे ।