साना किसान सहकारीको पाचौं साधारणसभा

रबिन्द्र यादव / नवलपरासी पश्चिम,१२ मंसिर:सौजन्य साना किसान कृषि सहकारी संस्था प्रतापपुर – ८ पिपरपातीको पाँचौं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष राजेश सिंह थापाको अध्यक्षता तथा राज्य सभा सदस्य रामलखन हरिजनको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्य सभा सदस्य हरिजनले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिने बताएका छन । अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकाले सहकारी हरेक ब्यक्तिकाे लागि अावश्यक रहेकोमा जोड दिए । सहकारीले पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको समेत बताए ।

उक्त कार्यक्रममा प्रतापपुर गाऊँपालिका वडा नं. ८ का वडाध्यक्ष कादिर अली अन्सारी,नर्सही साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष नन्दलाल गुप्ता , साना किसान कृषि सहकारी सस्था त्रिवेणीका प्रबन्धक सरिता शर्मा लगायतहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सहकारीले २ लाख ३६ हजार ७२ रुपैयाँ बराबरको नाफा गरेको संस्थाको ब्यवस्थापक रमेश्वर कोईरीले बताए । अहिले उक्त सहकारीले १५ धुर जग्गा किनी सकेको समेत जनाएको छ । सहकारीको एक सय ८ समूह बनाई कार्य क्षेत्र विभाजन गरेको छ ।