रंगेली प्रहरी द्वारा ६ सय लिटर घरेलु मदिरा बरामद

मंसिर/रबिन्द्र बराल,माेरङकाे रंगेली मा रहेको ईलाका प्रहरी कार्यलय ले अबैध रुपमा घरमा उत्पादन गरेकाे मदिरा बरामद गरेको छ । माेरङकाे कानेपाेखरी,रमाइलो ,जदाह, दलेली लगायतका स्थान हरुमा घर मा उक्त उत्पादन गरेर सिमाबर्ति क्षेत्रमा बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको अबस्थामा रंगेली प्रहरी ६ सय लिटर घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरी डाईनिया, झपरतल का स्थान हरु बाट साता दिन भित्र साे मदिरा बरामद गरेको प्रहरी ले जनाएको छ । ब्यपारी हरुले बिहान काे समयमा साईकल र माेटरसाईक र टेम्पु काे प्रयाेग गरेर बिक्री गर्नेका लागि ल्याउने गरेका छन । बुधबार साे मदिरा आन्तरिक राज्स्व कार्यलयमा बुझाईएकाे ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।