कोरोना विरुद्ध पुनर्वासी युवाहरुको सक्रियता बढ्यो

कञ्चनपुर ।    भारतमा कोरोनाको महामारी फैलिएपछी सिमावर्ती कञ्चनपुर पुनर्वास क्षेत्रका युवाहरुले कोरोना विरुद्ध सक्रियता बढाएका छ्न । समाजिक अभियन्ताहरु हिमेश थापा, रुपेश बि.क. लगायतका युवाहरूको नेतृत्वमा जनचेतना र सिमा नाकामा गस्ती गरीरहेका छ्न ।

सनिवार पाँच बजे सामाजिक अभियन्ता हिमेश थापाको नेतृत्वमा गएको युवाहरूको समूहले त्रिभुवन ६ स्थित बालजागृती स्कुल नजिकबाट भारतबाट ल्याउँदै गरेको एक बोरा जीरा सहित केही खाद्य पदार्थ बरामद गरेको थियोे ।

त्यसैगरी हिमेश थापा र रुपेश बि.क. लगायतका युवाहरूले माईकिङ र पर्चा पम्पलेटको माध्यमद्वारा कोरोना विरुद्ध जनचेतना जगाउने कार्य गरीरहेका छ्न । उनीहरूले पुनर्वास नगरपालिकाका विभिन्न वडामा गई माईकिङ र पर्चा पम्पलेट टाँस्ने कार्यलाई निरन्तरता दिईरहेका छ्न।