सुनवर्सिमा एककाे मृत्यु एक चिन्ताजनक अवस्था उपचार हुँदै

रबिन्द्र बराल/मोरङको रंगली विराटनगर सडकखण्डअन्तर्गत सुनवर्षि नगरपालिका ९ स्थित बेरुवा थान नजिकै काे कलभट मा मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै एक जना काे मृत्यु भएको छ । साेमबार साँझ ७ बजे पुर्ब बाट पश्चिमी तर्फ जाँदै गरेको बिआर ३८ D २३२७ नम्बरको माेटसरसाईकल आनियन्त्रित हुदाँ माेटरसाईकल चालक भारत अररिया तिरगँन्ज घर भए का बर्ष ३० का चुन्ना कुमार बहरदार काे घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछाडि सवार बाैका अररिया पन्चायत का बर्ष २८ का रविन मंण्डल घाईते भएको र उनलाई बिराटनगर स्थित न्युराे अस्पतालमा उपचारका लागि पठाईएकाे र उनकाे समेत चिन्ता जनक अवस्था रहेको इलाका प्रहरी कार्यालय रंगली का प्रहरी निरीक्षक अनमाेल खड्काले बताए ।