ब्वासो माओवादीसँग पार्टी एकता गर्नु नै ठुलो भुल हो : महेश बस्नेत

सिन्धुली । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले माओवादीसँग पार्टी एकता गर्नु नै ठुलो भुल भएको बताएका छन । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा आयोजना गरेको युवा तथा बिद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन्।

बस्नेतले ओलीलाई सिंह प्रचण्डलाई ब्वासोको संज्ञा दिए। उनले भने, ‘ब्वासाहरुको घेराबन्दीबाट पार्टी, राष्ट्र र जनताको भलाईका लागि प्रधानमन्त्रीले संसद विघटन गर्न बाध्य हुनु परेको हो। कमरेड माधव नेपाल र झलनाथ खनाल प्रचण्डभन्दा राजनीतिक इतिहासमा अगाडि हुनुहुन्छ। म अझैं पनि माधव नेपाल र झलनाथ खनाललाई समेत मुलधारमा फर्कन आग्रह गर्दछु।’

‘प्रचण्डलाई ओलीले शरणमा आएकालाई मरण हुन दिन हुन्न भन्ने मनसायले अध्यक्ष बनाउनु भएको थियो। तर, प्रचण्डले नबुझेर भारत र चिनको एम्बेसीको इसारामा कुन्ठा र विग्रहको विउरोपेर प्रधानमन्त्री विरुद्ध अविस्वासको प्रस्ताव र राष्ट्रपति महाअभियोग लगाउने खेल खेल्नुभयो। त्यसले आधिकारीकरुपमा पार्टी एकता भंग भएको हो,’ उनले थपे।