केन्द्रीय समिति बैठकलगत्तै प्रचण्ड, नेपाल, खनाल र बोहरा पार्टी कार्यालय बल्खुमा, कसले के भने ?

काठमाडौंः नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र अमृत बोहराले पार्टी कार्यालय बल्खुको निरीक्षण गरेका छन् ।

केन्द्रीय समितिको बैठकलगत्तै प्रचण्ड, नेपाल, खनाल र बोहरा पार्टी कार्यालय बल्खु पुगेका थिए । सो क्रममा उनीहरूले स्व.नेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरे । सो क्रममा मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरिएको छ । तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो । त्यहाँ अहिले भग्नावशेष मात्र छ !

माल्यार्पणपछि प्रचण्डले नेकपाको दोस्रो केन्द्रीय समिति बैठकमा कार्यालय बनाउने निर्णय गरेको र त्यसलाई स्मरण गर्न पार्टी कार्यालय आएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु अप्राकृतिक र असवैधानिक रहेको आरोप लगाए । संसद् विघटनलाई लोकतन्त्र र गणतन्त्रकाविरुद्व षडयन्त्रको संज्ञा दिएका प्रचण्डले भएको र त्यसलाई सफल हुन नदिने बताए ।

नेकपा अर्का अध्यक्ष नेपालले बल्खुमा पार्टी कार्यालय स्थापनामा आफू, खनाल र बोहरा जोडिएको स्मरण गरे ।

उनले नेकपाको मूलधार र मुलशक्ति आफू रहेको दाबी गरे । उनले भने, ‘हामी नेकपाको मूलधार, मुलशक्ति हौं । कोही चोइटिएर जान चाहन्छन् भन्ने केही छैन । गल्ती स्वीकार गर्नुस्, यात्रामा सहभागी होऔं ।’

नेपालले संसद् विघटन अत्यत्नै गलत कदम भएको बताए । तानाशाही प्रवृतिले संसद् विघटन गर्न नपाइने र त्यसका विरूद्व अगाडि बढन उनले सबैमा आग्रह गरे ।