रंगेली प्रहरीद्वारा दुई लाख रुपैयाँ बराबरको गाई, गाेरु बरामद

रबिन्द्र बराल/मोरङ रंगेली नगरपालीका ४ स्थित चिसाङ खोलाको बगर बाट अबैध रुपमा नेपाल बाट भारत तर्फ चोरी निकासी गर्दै गरेको अवस्था रंगेली प्रहरीले गाई, गाेरु पक्राउ गर्ने सफल भएको छ । गस्ती का क्रममा प्रहरीले १६ वटा गाई र ४ बटा गोरु पक्राउ गरेको छ । पक्राउ गरिएको गाई, गाेरु काे भेटनरी क्वारेटाइनको सिफारिस नभएको समेत बुझिएकाे छ । उक्त गाई, गाेरु काे अन्दाजी २ लाख ८० हजार बराबरको रहेको उक्त गाई बिराटनगर भन्सार कार्यलयमा बुझाएको रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।