पीयू एण्ड राज कन्ट्रक्सनले हुक लगाएर विद्युत चाेरी गर्दे

पुष१० शुक्रबार/रबिन्द्र बराल,मोरङको रंगेली नगरपालिका ७ स्थित भाेटुवाबु चाेक हुदै शुक्रबार देखि दाेहमना राेड मा पर्ने मरिया खाेलाकाे पुल नयाँ निर्माणकार्य सुरु भएको छ । त्यहाँ रहेको पुरानाे पुल भत्काउनका लागि हेम्बर डिल काे प्रयाेग गरेर पुल भत्काउन थालिएको छ भने बिधुत हुकिङ गरी चाेरी गरेर काम गरिरहेकाे पाईएकाे छ । साे कम्पनी ले शुक्रबारे देखि लबटाेली हुदै पिपल चाेक सम्मकाे सडक ग्रावेल र पुल बनाउने जिम्मेवारी पाएकाे हाे । तर उक्त कम्पनी ले भने सुरुकाेे अवस्थामा बिधुत चाेरी गरेर काम गरिरहेकाे छ ।

प्रदेश सरकार काे सभासद काेष काे ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ बराबरको लागतमा साे सडक काे कल्भट र ग्रावेल गर्ने ठेक्का पीयू एण्ड राज कन्ट्रक्सन पाएकाे छ । नेपाल बिधुत प्राधिकरण कार्यलय रंगेली ले उक्त मेसिन र तार समेत बरामद गरेको बिधुत प्राधिकरण रंगेली शाख का प्रमुख अबधेश गुप्ता का अनुसार प्राधिकरण लाई कुनै सुचना र जानकारी नगराई बिधुत चाेरी गरेको हुनाले सामान बरामद गरिएको र जरिवाना स्वरूप ५ हजार देखि १० हजार रुपैयाँ सम्म लाग्न सक्ने गुप्ताले बताए ।