पोखरा/नेकपाका केन्द्रीय सदस्य एव्म युवा नेता महेश बस्नेतले आधिकारिक नेकपा आफूहरु भएको दावी गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै उहाँले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिदै ओलीलाई अलोकप्रिय भन्नेहरुले चुनाव मार्फत आफ्नो लोकप्रियता देखाउन चुनौती समेत दिनुभयो ।
नेकपाले हिजो मात्रै प्रचण्डलाई कार्बाही गरेको र त्यसको भोलीपल्ट प्रचण्ड सडकमा पुगिसेको बताउनुभयो ।
“प्रचण्डको हैसियत सडकमै बस्ने हो, बालुवाटार बस्न लायक हुनुहुन्न उहाँले भन्नुभयो,” उहाँहरु अब सधैं सडकमै रहनुहुन्छ ।अख्तियारका नवनियुक्त प्रमुख प्रेम राईलाई खुट्टा नकमाउन आग्रह गर्दै बस्नेतले अब प्रचण्ड–माधवहरु माइतीघर होइन जेलमा जाने दाबी गर्नुभयो ।
तपाईको प्रतिक्रिया दिनुहोस्