अदालतले संसद् विघटनलाई असंवैधानिक भन्ने विश्वास छः प्रचण्ड

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अदालतप्रति आफूहरुको भरोसा रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्म र भावना, जनभावनाअनुसार अदालतले संसद् विघटनको निर्णयलाई असंवैधानिक छ भन्ने फैसला गर्छ भन्ने विश्वास लिएका बताए ।

उनले आज प्रधानमन्त्रीको कदमविरूद्ध प्रदर्शन गरेको उल्लेख गर्दै अझै शशक्त आन्दोलनमा जानुपर्ने अवस्था रहेको बताए । नेपाली कांग्रेस र जसपासँग पनि सहकार्य गरी संयुक्त रूपमा आन्दोलनमा जाने उनले बताए ।

प्रचण्डले गृहमन्त्री राम बहादुर थापा बादल आफ्नो समूहमै फर्किने विश्वास व्यक्त गरे ।