विपी बेइजिङ जाँदा जाडोले कामेको देखेपछि चाओले आफ्नो ओभरकोट ल्याएर दिएका थिए’

प्राडा युवराज संग्रौला/राज्यको सुदृढीकरण र जनताको खुसी नै राष्ट्रको विकास हो। के यो प्राप्त गर्यौ हामिले ? होइन गरेनौं । म तपाईंहरुसँग केही तथ्यांकको कुरा गर्न चाहन्छु, र भन्न चाहान्छु राजनीतिलाई बदनाम नगर्नुहोस । यस्लाइ छट्टुको खेल नबनाउनु होस।

१. पहिला स्वेडेनको एउटा कुरा । स्वेडेनमा प्रधानमन्त्री ओलाफपामेको हत्या गरियो, उनी प्रजातान्त्रिक समाजवादी नेता थिए । दलाल पुँजीवादले वैज्ञानिक समाजवाद मात्र होइन, प्रजातान्त्रिक समाजवादलाई पनि संहदैन् । जे होस, म स्टकहोम गएको थिंए । मेरो एकजना साथीले उनको हत्या भएको ठाउँमा बनाएको समाधिस्थल देखाउन लगेका थिए । हामी दुई त्यहाँ पुग्दा, एउटा १३–१४ वर्षको केटा र उसका आमा बुबा थिए । बुबा रिसाएर छोरालाइ गाली गर्दै थिए । छोरा रुन थाल्यो । मैले साथीलाई सोधें, के भएछ ? उनले बताए, छोराले पामेको समाधिमा राम्रोसँग शिर झुकाएर सम्मान गरेनछ । त्यसैले बाबु रिसाएछ्न ।

जनतामा नेताप्रतिको सम्मान तीन कुराले निर्माण गर्छ। (१) जुन नेताले आफूलार्ई मालिक वा निधिपाती होइन, प्रतिनिधि ठान्छ, त्यसैको सम्मान हुन्छ । नेपालका नेताले यस बारेमा सोचुन । (२) जुन नेताले गरिवको आँसु देख्छ, त्यसलाई जनताले सम्मान गर्छन् । (३) जुन नेताले पद पैसा र सानभन्दा ठूलो विचारधारा र नैतिकता हो भन्ने ठान्छ, त्यसलाई जनताले सम्मान गर्छन् । अर्धचेत भएकाहरुले जतिसुकै जिन्दावाद भनेपनि, जनताको मनमा बस्न सकिएन भने इतिहासले ड्स्ने छ ।

२. तथ्यांकमा १००० डलर प्रतिव्यक्ति आए भने पनि ४० प्रतिशत जनतामध्ये ९ प्रतिशतले मात्र बल्लतल्ल शिक्षाको पंहुच पाएका छ्न् । स्कुल गएका गरिव, दलित, दुर्गमका बालबालिका पनि स्कुल छोड्छ्न् । किनकी उनीहरुसँग स्कुल जाँदा लगाउने लुगा छैनन् । मेरो प्रश्नको जवाफ सरकारले देओस, किन न्यायाधीशहरुलाई १३ करोडका नयाँ गाडी चाहियो ? यदि यही हरकत हो भने, किन भन्नू पर्यो कम्युनिस्ट पार्टी ? किन सरकारको विरोधमा रहेका अरु कम्युनिस्ट नेतालाइ यो अस्वाभाविक लागेन ? किनकी सरकारमा बस्ने र बाहिरका दुबै खाले कम्युनिस्ट नेताहरूमा विचारधारा समाप्त भएको छ । केवल सत्ता, सत्ताको मात र सत्ताको सपना मात्र छ। झोले मित्र हो जिन्दावाद मुर्दावाद भन्नूभन्दा पहिला आफ्ना नेतालाई कम्युनिस्ट बनाउन लड।

३. राज्यले एउटा विद्यार्थीलाई उच्च शिक्षामा २५७५५० खर्च गर्छ। तर, ती शिक्षितसँग सीप पनि छैन् । रोजगार पनि छैन् । ती मध्येका ६५००० विदेश जान्छ्न र अरबमा रगत सुकाएर रेमिटेन्स पठाउनेले पठाएको १३ खर्ब रुपियाँ बराबरको डलर बिदेश लैजान्छ्न। कम्युनिस्ट सरकारले के गर्‍यो ? कम्युनिस्ट नेताले के गरे ? राम्रै गरे। अहिले सडकमा गद्दारको नारा लगाउदैछ्न् ।

४. अब सप्रिने भए सप्रनु होस् । गफ बन्द गरेर समाजवादको निर्माणमा लाग्नुहोस् । अन्यथा, जनताले आफ्नो शक्ति निर्माण गर्नेछ्न् । बांदरका गुफामा बसेर शुरक्षित नठान्नुहोस । यो गुफामा तपाईं पनि बसेकोमा बांदर खुशी छैनन। अर्थात, चुनाव जितेर सत्तामा पुगेपनि त्यो सत्ता सामन्तहरुकै हो । जुन दिन अवसर मिल्छ, बांदरले चिथोर्ने छ्न् ।

५. गरिव जनताको सेवामा लाग्नु होस् । मिलेर पार्टी राम्रो पार्नुहोस् । विचारको कदर गर्नुहोस। राम्रा लुगा लगाउँदैमा, राम्रो गाडी चढदैमा ठूलो हुइँदैन् । हेर्नू होस त, हो चि मिन्हले तपाईका जस्ता राम्रा लुगा लगाएका थिएनन। के उनी तपाईहरुभन्दा तल्लोस्तरका नेता हुन उनी ? माओसँग तातो कोट थिएन् । चाओ एनलाइले किनिदिएका थिए। तपाईंहरुसँग माओका भन्दा राम्रा लुगा छन । तपाईंहरु माओभन्दा ठूलो हो ? विपी कोइराला बेइजिङ जाँदा ओभरकोट थिएन। उनलाई जाडो भएको थाह पाएर चाओले आफ्नो ओभरकोट लगाइदिएछ्न् । तपाईंहरुसँग त रङ्गरङ्गका लुगा छ्न । के तपाईहरु भन्दा विपी साना हुन ?

६. अहिले पनि देशमा अधिकांश मानिसले खान पाउदैनन् । तपाइँहरु सत्तामा रहिरहने र खोसिहाल्ने खेलमा हुनुहुन्छ । प्रधानमन्त्री त नरहे बाँस नरहे बांशुरी पार्दिनु भयो । निर्वाचनमा हुने १० अर्ब रुपियाँ खर्चले बुढानिलकण्ठ जस्ता १०० वटा स्कुल बन्ने थिए ।

७. अब युवा र बुद्धि भएकाले राज्य निर्माण गर्ने समय भयो । बुद्धिमानीहरु वर्तमानलाई भविस्यतर्फ मुखरित गर्छन । विगततिर होइन। बुद्धिमानी चराहरु बास बस्न अग्लो, सजिलो, हरियो रुख छान्छ्न् । उनीहरुलार्ई भोलि उड्नुपर्ने थाह हुन्छ । उनीहरु पहाड नागेर अगाडी बड्छ्न। अब नयाँ पुस्ताले राज्य जिम्मा लिने बेला भयो । नेपाल मर्दैन, एक दिन समृद्ध देश बन्ने सपना पूरा हुनेछ।