पीयू एण्ड राज कन्ट्रक्सनकाे काम कहिले बन्ला पुल

पुष१७ शुक्रबार/रबिन्द्र बराल,मोरङको रंगेली नगरपालिका ७ स्थित भाेटुवाबु चाेक हुदै दाेहमना जाेडने सडक काे मरिया खाेलाकाे पुल निर्माणकार्य मा ठेक्केदार काे लापरबाही भएको छ । नयाँ पुल निर्माणकार्य सुरु गर्ने का लागि पुरानो पुल भत्काउन थालेको साता दिन बितिसक्दा समेत पीयू एण्ड राज कन्ट्रक्सन ले उक्त पुुुल तथा सडक काे काम गर्ने ठेक्का पाएता पनि कम्पनी ले पुल काे एक भाग भत्काएर अलपत्र पारेर छाडेको छ ।

दैनिकी आजत जावत गर्ने स्थानीयलाई रातिको समयमा समस्या परेको स्थानीय श्याम राजबंंशी ले बताए । कम्पनीका केही कामदार हरु बिहान एक्छिन आएर हेम्बर डिल काे प्रयाेग गरेर पुल भत्काउन थालिएको र काम गरे जस्तो गर्ने र पछि फर्केर समेत नआउने गरेको स्थानीयले बताए । यसरी पुल काे केही भाग भत्काएर छाडदा कुनै दुर्घटना भए यसकाे जिम्मेवारी ठेक्केदार ले लिनुपर्ने समेत स्थानीय माधव खड्का ले बताए ।

साता दिन बितिसक्दा समेत सानाे पुल भत्काउन भने सकेकाे छैन । साे कम्पनी ले शुक्रबारेे देखि लबटाेली हुदै पिपल चाेक सम्मकाे सडक ग्रावेल र पुल समेत काे ठेक्का प्रदेश सरकार काे सभासद काेष काे ९६ लाख ३३ हजार २ सय २६ रुपैयाँ बराबरको लागतमा साे सडक काे कल्भट र ग्रावेल गर्ने ठेक्का पीयू एण्ड राज कन्ट्रक्सन पाएकाे छ ।