रंगेली कानेपोखरी सडककाे निर्माणकार्य सम्पन्न

पुस १७ शुक्रबार/रबिन्द्र बराल,माेरङकाे रंगेली कानेपाेखरी सडक काे कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले सिमावर्ति देखि रंगेली हुदै कानेपाेखरी सम्म २५.४ किलोमिटर मा कालाेपत्रे गर्ने काम सम्पन्न गरेको छ । उक्त सडक ११ मिटर चाैडाई कालाेपत्रे, फुटपात २ मिटर र नाला डेर मिटर र पुटपात निर्माण सम्पन्न भएको छ । भने रेलिङ समेत निर्माण गरिने भएको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसन ले २०७४ असार ६ गते कामको जिम्मा पाएको र २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि काेराेना भाईरस र लकडाउन का कारण भने समयमै काम सम्पन्न गर्ने नसकिएकाे र उक्त सडक २५.४ किलोमिटर रहेको छ ।

सडक निर्माण सम्पन्न गर्ने का लागि कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माण सम्पन्न भएको प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पा ले बताए । रंगेली कानेपाेखरी सडक निर्माण सम्पन्न भए पछि बिराटनगर , कानेपाेखरी, पथरी ,उर्लाबारी र दमक, जनाका लागि सर्वसाधारण हरु ले साेहि बाटाे प्रयोग गर्ने गरेका छन । भने पुर्वका स्थानीयलाई राजधानी जानू परेमा बेलवारी , ईटहरी र दुहबी नभईकन छाेटाे बाटाे भएको हुनाले साेहि बाटाे प्रयोग गर्ने गरेको र रंग उडेकाे रंगेली मा अहिले भने रंग भरिन थालेकाे स्थानीयले नन्द किशाेर राजवंशीले बताए ।

बर्षाे देखि घुलाे र हिलाेमा रहेका स्थानीय बासि ले अहिले सडक कालाेपत्रे भए पछि खुशी ले दङ्ग समेत परेका छन । नेपाल सरकारले रंगेली कानेपाेखरी सडकमा एक सय फुट काे मुवाबजाद बितरण गरेता पनि रंगेली नगरपालिकाले भने ६५ फुटमा मात्रै सडक निर्माण गरेकाे र ३५ फुट भित्र स्थानीयले घर टहरा बनाएकाे भएता पनि नगरपालिका ले बेवास्ता समेत गरेको र अहिले नै सडक साधुराे देखिन समेत थालेको स्थानीय बेदमणि घिमिरेले बताए ।