रंगेली प्रहरीले पथरीका अनिश पक्राउ

रबिन्द्र बराल/मोरङ सुनबर्सी नगरपालिका ८ स्थित हर्चनगडी बाट सिमावर्ति भारत बाट नेपाल आउदै गरेका पथरी सनिश्चरे नगरपालिका १ बस्ने बर्ष २८ का अनिश नेपाली पक्राउ परेका छन ।

प्रहरी चौकी सिक्टीबाट खटीएकाे गस्ती टोलीले पैदल यात्री लाई शंका लागि चेक जाच गर्ने क्रममा अनिश काे साथ बाट प्रहरीले नाईट्रोभेट ट्याब्लेत २३ पिस , ippl ६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल लागु औषध बरामद गरेको छ । उनलाई लागुआैषध आेसारपाेसार अन्तर्गत मुद्दा दर्ता गरिने र थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।