सुनवर्सि घाटमा बन्याै ४ सय मिटर लम्बाईकाे झुलुङ्गे पुल (फोटोफिचर)

पुस२६ आईतबार/रबिन्द्र बराल,माेरङकाे रतुवामाई नगरपालिका ५ स्थित सुनवर्सिघाट मा ४ सय मिटर मल्टि स्पान झुलुङ्गे काे निर्माणकार्य सम्पन्न भएको छ । डाईगन थानी हिमशिखिर जेवी ले २०७५ चैत्र २६ गते उक्त पुल काे ठेक्का सम्झौता गरेेर काम सुरु गरेता पनि ठेेेक्का सम्झाैैैैता सम्पन्न हुनेे समय भन्दा पाँच महिना अगाडि नै साेे पुुल काे निर्माण कार्य सम्पन्न गरेको छ । नेपाल सरकार काे ४ करोडौं २० लाख ३५ हजार ४ सय ४५ रुपैयाँको लागत ४ सय मिटर लम्बाइ काे झुलुङ्गे पुल सुनवर्सि घाट मा निर्माण भएको हाे ।

उक्त खाेलामा लामो पुल बनेपछि साे क्षेत्रका स्थानीय हरु लाई आवाज मात्रै नभए र पर्यटन काे दृष्टिकोणले पनि सो क्षेत्रको महत्व दिन प्रतिदिन बढ्दै गएको छ । अहिले दैनिक सो ठाउँमा मोरङ झापा सुनसरी लगायतका विभिन्न स्थानबाट सयौँ युवा , युवती बृद्ध लगायत सर्वसाधारण हरु उक्त पुलमा आएर फोटो खिच्नेे , मनाेरम दृश्य अबलोकन गर्ने र टिकटक समेत बनाउने गरेका छन । पछिल्लो समयमा क्षेत्र पर्यटकीय स्थलको रुपमा सञ्चालनमा आएको र सर्वसाधारण हरु काे समेत घुईचाे लाग्ने गरेको स्थानीय कुमार बुडाथाेकी ले बताए ।

नेपाल सरकारले ताेकेकाे मापदण्डअनुसार उक्त उक्त कम्पनी ले ५ महिना अगाडि नै सबै प्रक्रिया पुर्याएर निर्माण कार्य सम्पन्न गरेकाे ठेक्केदार लाेक बहादुर बस्नेत ले बताए । अहिले उक्त ठाउँ का स्थानीय हरु दैनिकी घरमा फलाएकाे ताजा सागसव्जी , र विभिन्न किसिमका व्यवसाय हरु समेत गर्ने गरेका छन।