महेन्द्रलाई झैं ओलीलाई महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने पगरी गुथाउने भएः बाबुराम

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय मिडिया जी न्युजलाई अन्तरवार्ताको सम्वन्धमा धेरैको सकारात्मक प्रतिक्रिया आइरहेको बेला पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने त्यसको आलोचना गरेका छन् ।

उनले संसद विघटनको प्रतिगमनलाई विषयान्तर गर्न राजा महेन्द्रलाई झै ओलीलाई पनि महान राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने जस्ता प्रायोजित पगरी गुथाउन लागिएको बताएका छन् ।

ट्वीटरमा बाबुराम लेख्छन्, ‘ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्री–बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास–परनिर्भरतामा फसाइनेछ ! चेतना भया !’