करोडौं लागतमा बक्राह खाेलामा तटबन्ध हुदैँ [फोटो फिचर]

पुस २९ बुधबार/रबिन्द्र बराल,मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित निचामारी देखि पुर्व तर्फबाट बक्राह खोलामा वर्षौंदेखि खतीयोग्य जमिन बाडिका कारण कटान गर्न थालेपछि नगरपालिका काे पहलमा उक्त खाेलामा तार जाली र ढुंगा काे तटबन्ध निर्माणकार्य सुरु गरेको छ । साे खाेला मा अहिले ५ सय मिटर लम्बाई मा तटबन्ध काे काम धमाधम निर्माणकार्य सुरु भईरहेकाे छ ।

साे खाेलामा आउने बाडि का कारण बर्षाेनी सयौं बिधा खेत खाेलामा परिणत भए पछि पछिल्लो समयमा उक्त खाेलामा तटबन्धको निर्माणकार्य सुरु भएको हाे । प्रदेश सरकार ले पृथ्वी ईन्जिनियर्स एण्ड विल्डर्स प्राईभेट लिमिटेड लाई ३ करोडौं ७६ लाख ३० हजार ८ सय ३६ रुपैयाँको लागतमा कटान नियन्त्रणका लागि खाेलामा तटबन्ध निर्माणकार्य का ठेक्का दिएको हाे ।साे खाेलामा तटबन्ध भए पछि अबका दिन हरुमा खेतीयोग्य जमिन सुरक्षित रहने र साे क्षेत्र तथा आसपासमा रहेकाे गाउँ घरमा समेत प्रत्येक बर्ष डुवान हुदै आएता पनि साे खाेलाकाे तटबन्ध ले केही मात्रामा सुरक्षित रहने र डुवान समेत कम हुने बिष्वास रहेको स्थानीय ले बताए ।