बिजुलीको पाेल चाँडै हटाए असार मसान्तसम्म रंगेलीकाे सात किलोमिटर कालोपत्रे हुने (फोटोफिचर)

माघ ११ आईतबार,रबिन्द्र बराल ,बहुप्रतिक्षित हुलाकी राजमार्ग अन्तर्गत झापा माेरङ सडक खन्ड मा पर्ने रंगेली नगरपालिका भित्र सडक काे काम द्रुतगतिमा भईरहेकाे छ । गत पुस महिना मा शिलान्यास गरिएको हुलाकी सडक काे काम ११ महिना मा ८० प्रतिशत काम सम्पन्न भएको छ । नेपाल सरकार काे मापदण्ड अनुसार रंगेली नगरपालिका काे बेताैना देखि मधुवनी चाेक सम्म ७. ५ किलोमिटर काे सडक मा एक सय फिट चाैडाई गर्ने र अवधारणा अनुसार साे सडक काे दायाँबायाँ मा रिटेरिङ बाल र बजार क्षेत्र पक्कि नाला निर्माणकार्य गर्ने कालिका कन्ट्रक्सन ले काम गरिरहेकाे छ ।

अहिले साे क्षेत्रमा रहेकाे १४ वटा कल्भट रहेकाे मा ४ बटा कल्भट मात्रै निर्मणा गर्ने बाँकी रहेकाे छ भने बाँकी सबै कल्भट निर्माण सम्पन्न भई सकेका छन । साे सडक खन्ड काे ठेक्का कालिका –मैनाचुली–भेडेन्सी जेभि काठमान्डौले पाएकाे छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात विभाग सडकहरूको, हुलाकी राजमार्ग निदेशालय काे लागतमा कालिका ले उक्त सडक निर्माण गर्नका लागि ७९ करोड २५ लाख ८६ हजार रुपैयामा ठेक्का पाएको छ । साे सडक ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने ठेक्का पाए हाे । साे सडक दुई बर्ष भित्र सम्पन गरिने कालिका कन्ट्रक्सनका क्षेत्रिय प्रवन्ध उज्वल प्रसाईं ले बताए । अहिले साे क्षेत्रमा २० प्रतिशत काम मात्रै बाँकी रहेकाे र ८० प्रतिशत काम सम्पन्न भईसकेकाे छ । साे सडक भित्र पर्ने खानेपानी र बिजुलीको पाेल र तार नगरपालिकाले एक महिना भित्र हटाए आफू हरु लेे साे सडक असार मसान्तसम्म भित्र कालोपत्रे काम सम्पन्न गर्ने प्रसाईं ले बताए । तर पाेल हरु नहटे बर्ष महिना का उक्त सडक हिलाम्मे हुने पक्का रहेको छ । साे बिषयमा समयमै नगरपालिकाले ध्यान नदिए र सर्वसाधारण हरु ले दुख पाउने निस्चित देखिन्छ ।