काठमाडौं । प्रचण्ड–माधव समूहले नेकपाको दुबै समूहसँग माघ १८ गतेपछि मात्रै गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
उक्त समूहका नेता लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान शुक्रबार आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल गर्न अनुरोध गरेको पत्र बुझाएर फर्किएका छन् ।
पत्रमा अध्यक्षद्धय प्रचण्ड र माधवकुमार नेपाल माघ १८ गतेसम्म उपत्यका बाहिर राजनीतिक कार्यक्रममा व्यस्त रहेको र आयोगले गर्ने छलफलमा अध्यक्ष स्वयंम उपस्थित हुन चाहेकाले शुक्रबारको छलफलमा सहभागी हुन नसक्ने उल्लेख छ ।
आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्