जनयुद्धको सफलताका लागि लामो समय देखिको संघर्ष चट्ट लेखराज भट्टले छोड्दा केही रात सुत्न सकिन – प्रचण्ड

शनिवार धनगढी पुगेर नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ओली पक्षका नेता तथा उद्योगमन्त्री लेखराज भट्ट दलाल भएको बताए । धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले नै उनलाई पटकपटक मन्त्री बनाएको थिए । अहिले उनी केपीको दलाल भएका छन् । केपी आफै दलाल थिए । उनी दलालको पनि दलाल भए ।’

आफ्नो भाषण को अन्त्यमा उनले केपी ओली दलाल भएको तर आजकाल ओलि को पनि दलाल लेखराज भट्ट भएको बताए । मैले नै जनयुद्ध मा हुर्काएको मान्छे , जे जे पद माग्यो त्यो पनि दिए, प्रचण्डले लेखराज को नाम नलिंदै भने ,त्यो मान्छे ओलि संग लाग्लान भनेर मैले कल्पना पनि गरेको थिएन , दुई तीन दिन सम्म मलाई निन्द्रा नै परेन ।

आज लेखराजलाई दलाल भनेका प्रचण्डले ३९ वर्ष पहिले उपहारस्वरुप लेखराजबाटै एउटा पेस्तोल पाएका थिए । २०३८ सालमा भारतको गोरखपुरमा युवक संगठनको भेला हुँदै थियो । सो समयमा संगठनका केन्द्रीय अध्यक्ष प्रचण्ड र केन्द्रीय सदस्य लेखराज भट्ट थिए । भट्टले प्रचण्डलाई जनयुद्धको सफलताका लागि एउटा पेस्तोल उपहार दिएका थिए । सो समयदेखि प्रचण्ड र लेखराजवीच आत्मीयता बढेको थियो तर अहिले आएर टुटेको छ ।

प्रचण्डले भट्ट ओलि संग गएपछि सुदुरपश्चिम मा पार्टी को अवस्था के होला भनेर चिन्ता लाग्ने गरेको पनि सुनाए । उनले भने ,भट्ट ओलि संग गएपनी यहाँ का पार्टी का ९५ प्रतिशत नेता कार्यकर्ता आफू संग रहेका छन् ।

लेखराज प्रचण्डलाई छोडेर प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा छन् । २४ पुसमा ओली पक्षले धनगढीमा आयोजित कार्यक्रममा लेखराज प्रचण्डविरुद्ध खनिएका थिए । उनले भनेका थिए, ‘प्रचण्डले धेरै सरकार ढालिसकेका छन् ।’ आज प्रचण्ड पनि लेखराजकै गृहजिल्लामा लेखराजको चर्को आलोचना गरेका हुन् ।