सुनवर्सि पाेखरीकाे डिलमा पिक्निक खेल्नेकाे संस्था बढेर थाल्यो (फोटोफिचर)

माघ१८ आईतबार/रबिन्द्र बराल,माेरङकाे रतुवामाई ५ मा पर्ने सुनवर्सि पाेखरी वरपर अहिले बिराटनगर तथा अन्य क्षेत्र बाट दिनदिनै पिक्निक खाने हरु काे स्पाेट बन्दै गएको छ । पर्यटन प्रवन्ध का लागि निकै आकर्षक काे रुपमा स्थापित हुने सम्भावना समेत बडदै गएको छ । सुन्दर र आकर्षण देखिने उक्त पाेखरीमा पछिल्लो समयमा साे पाेखरीकाे डिलमा रमरणिय दृश्य तथा पोखरीको चारैतिरका वनमा टहलिनेको संख्या दिन प्रतिदिन बडन थालेको छ ।

कञ्चन पानीमा रुखको छायाले पोखरीको सुन्दरतामा निखार ल्याइदिएको छ । झट्ट हेर्दा लाग्छ सुनवर्षी पोखरी स्वर्गकै कुनै टुक्रा हो । त्यहाँ उपसना गर्नेहरु यही भावले सुनवर्षीको ऐतिहासिकतालाई थप महत्व दिँदै आईरहेकाे छ । अहिले साे ठाउँमा पिक्निक खान आउने सर्वसाधारण हरु पाेखरीमा रहेको ढुंगा मा चढेर दृष्य अबलोकन गर्ने काे संख्या समेत बडिरहेकाे छ । रतुवामाई समाज ले पनि पनि केही दिन आगाडि उक्त पाेखरी काे डिलमा पिक्निक काे आयोजना समेत गरेको थियो । बिराटनगर बाट पिक्निक खान आएका समाज सेवि बलवहादुर बस्नेतले भने रमणीय दृश्य आफुलाई लाेभ्याएकाे समेत बताए ।

पिक्निक खाने क्रममा उक्त पाेखरी काे डिलमा पिक्निक खान आउने सर्वसाधारण हरु लाई पानीको अभाव नहाेस भनेर स्वर्गीय जसुमाया बस्नेत र कर्ममाता स्वर्गीय मनमाया खत्रीका नाममा दुईवटा टुवेल(कल) समेत हस्तान्तरण गरेका छन । उक्त पाेखरी मा अबलोकन गर्ने आउने सर्वसाधारण हरु लाई रमाइलो दृश्य तथा पाेखरी बाट रमणीय दृश्य अबलाेकन गर्ने का लागि बाेटिङ र बालबालिका हरु का लागि विभिन्न खेलका खेलकुद का सामाग्री अत्यन्तै आवस्यक रहेको पिक्निक खेल्न आएका राजेन्द्र कटुवालले बताए । ३ विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्रामथान रहेको छ ।

जसमा २ विघामा पोखरी रहेको छ । प्रत्येक वर्ष बैशाख १ गते विशेष पुजा आजा हुदै आएकाे छ । सुनवर्षी धार्मिक र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण स्थल हो । यसलाई पर्यटकीय क्षेत्र बनाउन हामीले दीर्घकालीन योजना समेत अघि सारेकाे पोखरीलाई अझ धेरै व्यवस्थित गरिएको र यसलाई पर्यटकीय रुपमा विकास गरिने समितिका अध्यक्ष कुमार बुढाथोकीले बताए ।