मिर्चाडागीमा ससस्त्र बेश क्याप स्थापना भए पछि स्थानीय खुशी

माघ २६ साेमबार/रबिन्द्र बराल ,माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित निर्चाडागी ६ महिना अगाडि ससस्त्र फर्वड क्याप स्थापना भए पछि साे गाउँ मा वसाेवास गर्ने १ सय घर परिवार लाभान्वित भएका छन । गाउँ मा बारम्बार चाेरी हुन थालेपछि स्थानीयले साे गाउँमा प्रहरी राख्नुपर्ने भन्दै अनुरोध गरेपछि ससस्त्र फर्वड बेस स्थापना गरिएको ससस्त्र प्रहरी माेरङका sp तिर्थ पाैडेल ले बताए । उनले भने साे फर्वड वेश लाई बिआेपि मा रुपान्तरण का लागि आफू हरुले उक्त स्थानीय निकाय मा पहल समेत गरिरहेकाे र बेश क्याप का लागि स्थानीय हरु ले ७ कठ्ठा जग्गा समेत दिई सकेकाे र अहिले फर्वड वेशमा ससस्त्र प्रहरीले डिउटि समेत दिन थालेको sp पाैडेल ले बताए ।

विगत दिनहरु मा प्रत्येक राति चाेरी, डकैती , घरमा बाँधिएको गाई,गाेरु, बाख्रा लगायत का सामाग्री हरु चाेरी हुदै आएता पनि बिगत ६ महिना देखि ससस्त्र बेश क्याप स्थापना भए पछि अहिले आफुहरु आनन्द ले सुत्ने गरेकाे स्थानीय गान्धी प्रसाद सिह ले बताए । उक्त गाउँमा बिगत बर्षाे देखि गाउँको सुरक्षाको लागि सबै गाउँ ले हरु मिलेर रातिको समयमा डिउटि समेत गर्दे आईरहेकाे तर ससस्त्र बेश क्याप स्थापना भए पछि अहिले आफू हरु आनन्द ले बस्ने गरेको लक्ष्मण प्रसाद सिह ले बताए ।

उक्त गाउँ काे पुर्वमा दमुना खाेला पश्चिमा रतुवा खाेला उत्तरमा रतुवा खाेलाकाे सम्थल भाग र दक्षिण मा भारतीय सिमाना काे बिच भागमा पर्ने श्रिलंका काे टापु भनेर गाउँ प्रचलित छ । रतुवा खाेलामा बर्षेउनि बाडिका कारण बिधुत काे पाेल खाेलाले बगाउने भएको कारण ले गर्दे उनी हरु ले बिधुत काे उपयोग गर्ने पाएका छैनन् । साे गाउँमा राति काे समयमा कसैलाई बिरामी परे वा सर्पले टाेक्याे वा कुनै गर्भवती महिला लाई सुत्केरी गराउनका लागि स्वास्थ्य चाैकी सम्म पुगाउनुु पर्ये धेरै समस्या रहेको र उपचारका लागि उनी हरु ले भारतीय भुमि हुदै झापाको गाैरीगंन्ज , दमक वा माेरङ काे र रंगेली सम्म पुर्येएर उपचार गर्नुपर्ने बाध्यता रहेकाे छ ।